Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

डा. उपाध्यायको नलाऊ नजर बैमानी (भिडियो सहित)


  • मंगलबार, भाद्र ३ २०७६

  • डा. उपाध्यायको नलाऊ नजर बैमानी (भिडियो सहित)

    काठमाडौं – डा. डीआर उपाध्यायको नयाँ गीत ‘नलाऊ नजर बैमानी‘’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । योगेशकाजी र श्रृङ्खला जोशीको स्वर, सागर अधिकारी ‘शरद’को सङ्गीत रहेको छ ।
    निश्चल केसीले निर्देशन गरेको गीतको भिडियोमा शिशिर श्रेष्ठ र रियाशा दाहालको अभिनय रहेको छ । ज्ञानेन्द्र शर्माले छायाँकन गरेको भिडियोलाई अमृत चापागाईंले सम्पादन गरेका छन् ।
    उपाध्यायका ‘प्रणय’ ‘जखम’, ‘माउन्टेन मेलोडी’, ‘नसालु नजर’, ‘जोहो’, ‘अन्तराप’, ‘प्रतिनाद’, ‘सहेली’, ‘परिष्कृत’, ‘कृति’ र ‘पृथक’ जस्ता गीति एल्बम स्रोतारदर्शकमाझ आएका छन् ।
    त्यस्तै उनका ‘अतिरिक्त’, ‘भाग्यचक्र’, ‘स्वार्थी’, ‘त्यागी’, ‘बज्रघात’, ‘अपवित्र छायाँ’, ‘बिटुली’ ‘दगाबाज’ र ‘अधुरो प्रेम’ जस्ता उपन्यास पाठकमाझ आएका छन् ।
    ‘हिरो २०१९’बाट सम्मानित गीतकार डा. डीआर उपाध्यायले एकै साथ ७ गीति एल्बमका ३६ ओटा गीत एकै पटक सार्वजनिक गरेर मिराकल वल्र्ड रेकर्ड, इण्डिया स्टार वल्र्ड रेकर्ड, एक्सकुलुसिभ वल्र्ड रेकर्ड, जीनस वल्र्ड रेकर्ड र एभरेष्ट वल्र्ड रेकर्डको प्रमाण पत्र प्राप्त गरिसकेका छन् । गीतकार संघ नेपालको नवौँ वार्षिकोत्सव कार्यक्रममा पनि डा. डीआर उपाध्यायलाई ‘वर्ष गीत पुरस्कार’बाट पुरस्कृत गरिएको थियो ।

    https://www.youtube.com/watch?v=5nOhRnlAlKg&feature=youtu.be

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij