Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रदेशमा रहेर पनि गित लेखनमा सक्रिय प्रतिमा गुरुङ


  • मंगलबार, भाद्र ३ २०७६

  • प्रदेशमा रहेर पनि गित लेखनमा सक्रिय प्रतिमा गुरुङ

    काठमाडौं – सामाजिक कार्यमा समर्पित तथा एंव निरन्तर नेपाली गीत संगीत क्षेत्रमा आफ्नो मिठो गीत रचनाबाट आफ्नो छुट्टै पहिचान बनाएकी गीतकार हुन् प्रतिमा गुरुङ ।
    सानै देखि गीत, कबिता ,गजल ,सायरी लेख्न मन पराउने गीतकार प्रतिमा गुरुङ फ्रान्समा रहेर पनि नेपाली संगित कर्ममा निरन्तर सक्रिय छिन् । गीतकार प्रतिमा गुरुङको आमा ओ मेरी आमा, आमा तिम्ले छाडी गएपछि जस्ता गीतहरु श्रोत्ता माझ ल्याएकी छन् । उनको रचनामा केहि गीतहरु गायक तथा संगीतकार जितेन बान्तवाले गाई सकेका छन् ।
    प्रदेशमा कार्य व्यस्तता भएता पनि केहि फुर्सदको समयमा गीत लेख्न र गीत संगीत सुन्न मन पराउने गीतकार प्रतिमा भन्छिन ः म नेपाली गीत संगीत’लाई असाध्यै मायाँ गर्छु, फुर्सद भयोकि म गीत लेख्न र गीत संगीत सुन्न मन पाराउँछु । गीत सुन्योकी नाच्न मन लाग्ने हुन्छ , फ्रान्समा हुने सांगीतिक कार्यक्रम’मापनि नेपाली गीत संगीतमा नाच्दा आनन्द आउँछ सबै दुख भुलिन्छ ।

    अहिले मेरा २ वटा गीत बजारमा आई सकेका छन् वहाँहरुको मायाँले गर्दा अरु गीतहरु पनि छिट्टै बाजारमा ल्याउने जमर्को गरिरहेकी छु । म गीत संगीतबाट अलग हुन सक्दिन म गीत संगीत क्षेत्रमा आफ्नो गीत रचना’बाट सबैमा सहि म्यासेज जावोस र मेरो रचानाबाट मानिस’ले केहि सिकोस। मनन गरोस भन्ने चाहान्छु ।
    प्रेम भावका गीतहरु पनि मेरा आउने छन तर केहि समय पछि ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij