Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

माधव गैरे अस्ट्रेलियाको बर्ष पत्रकार , डल्लाकोटी उत्कृष्ट सामाजिक अभियन्ता


  • आइतबार, साउन २६ २०७६

  • माधव गैरे अस्ट्रेलियाको बर्ष पत्रकार , डल्लाकोटी उत्कृष्ट सामाजिक अभियन्ता

    गैर आवासिय नेपाली संघ अस्ट्रेलीया(एनआरएनए)को आठौ अधिबेशन मेलवर्नमा नया कार्य समितीलाई पदभार हस्तान्तरणका साथै दुइ बर्षको कार्यकालमा उत्कृष्ट ठहरिएका ब्यक्तीत्वहरुलाई पुरस्कृत गर्दै सम्पन्न भएको छ । विराठनगरका मेयर भिम पराजुलीले उदघाटन गरेर प्रारम्भ भएको अधिबेशनमा नया कार्यसमीतीमा निर्वाचित अध्यक्ष केशव कडेंल, महासचिब डा ज्ञानेन्द्र रेग्मी लगायत सम्पुर्ण पदाधिकारीको सपथग्रहण भएको थियो । कार्यक्रममा एनआरएनका पुर्व अध्यक्ष शेष घलेले एनआरएनको महत्व र यसको कार्यदिशाबारे
    प्रकाश पारेका थिए । यस्तै कार्यक्रममा भिक्टोरियाका माहाबाणिज्यदुत चन्द्र योन्जनले प्रवासमा बसेर मुलुकसँंग् जोडने सम्वन्धमा एनआरएनले संसारभर सम्वन्धसेतुको काम गरेको बताए ।
    एनआरएन ओसेनियाका संयोजक धर्म अधिकारीले एनआरएन अस्ट्रेलियाका नव निवाृचित पदाधिकारीहरुलाई शुभकामना ब्यक्त गर्दै सामाजिक सेवाका लागि तयार भएका हातहरु बिविध बिषयमा अलमलिनु नहुने बिचार ब्यक्त गरे ।
    कार्यक्रममा एनआरएनका निर्वतमान अध्यक्ष टोनु गोथानेले वर्तमान अध्यक्ष केशव कडेंललाई पदभार हस्तान्तरण गरेका थिए । आठौ अधिबेशनमा एनआरएन अस्ट्रेलियासँंग आवद्ध रहेर दुइ बर्षभित्र समाजको बहृतर हितमा योगदान पुरयाउने एक दर्जन बिधामा बिभिन्न ब्यक्तीत्वहरुलाई पुरस्कारद्धारा सम्मानित गरिएको थियो । अस्ट्रेलियाको नेपाली समाजमा रहेर समाजिक भाइचार अभिबृद्धी गरे बापत पत्रकार माधव गैरेलाई बर्ष पत्रकारको उपाधिवाट पुरस्कृत गरिएको थियो ।
    जसमा हेचएसइतर्फ उत्कृष्ट छात्रमा हिमप्रीत गुरुङले बिश्वबिद्यालयतर्फ गोविन्द पौडेल, उत्कृष्ट खेलाडी पुरस्कार (१८) प्रशिद्ध पाण्डे , उत्कउष्ट बर्ष खेलाडीमा मोहन बम(जुडो) र प्रेम उप्रेती (क्रिकेट)ले उपाधि हात पारेका छन । यस्तै अस्ट्रेलियाको नेपाली समाजको युवा बर्ष पुरस्कार सिसाका पुर्व अध्यक्ष बिजय सापकोटालाई, एनआरएन बर्ष उपाधि क्यानबेराका सिताराम घिमिरे , बर्षको उत्कृष्ट संस्थामा नेपाल रिक्रेयसनल क्लब(एनआरसी) नेपाली संस्कृती सदभावना राजदुतमा क्यानबेराकी संझना सापकोटा र बर्षको उत्कृष्ट महिला पुरस्कार नेपाली कला संस्कृती साहित्य प्रतिष्ठानकी अध्यक्ष सुजाता बस्नेतलाई प्रदान गरिएको थियो ।
    यस्तै एनआरएन बिशेष पुरस्कारमा स्पेसल एचीभमेन्ट अर्वाड प्रमेज श्रेष्ठलाई, एनआरएनए बिशेष पहिचान पुरस्कार रन्जु थापालाई प्रदान गरिएको थियो । यस्तै अस्ट्रेलियावाट यसै बर्ष पीएचडी सम्पन्न गर्ने हिमालय सिंह,सुमन ओझा, हिमाल कडेंल र मोम बिश्वकर्मालाई एकेडेमिक अर्वाडवाट सम्मानित गरिएको थियो ।

    आर्ठा अधिवेशनकै क्रममा सम्मानित गरिएको अन्य बिधाहरुमा फ्रेन्ड्स अफ नेपाल बर्ष पुरस्कारमा सु च्याम्बरलेन, बर्षका उत्कृष्ट उद्यमी ब्यवशायीतर्फ कलेज तथा रेस्टुरेन्ट क्षेत्रमा चिनिएका प्रेम सापकोटा र राज खनाल , सामाजिक सेवातर्फ बर्ष पुरस्कार चितवन समाजका पुर्व अध्यक्ष बुद्धी डल्लाकोटी र भुवन खड्का र बिभिन्न राज्य ब्यक्तीत्व बर्ष पुरस्कारमा मल्टी डाइनामिक रियल स्टेटका मेघराज पौडेल ,क्यानबेराका जिवन राना, सिड्नीकी जानकी रिमाल, एडिलेडका बिणु बगाले, श्रीकृष्ण ढुंगाना र देबकला श्रीशलाई प्रदान गरिएको छ ।
    यस्तै एनआरएन अभियानलाई यस कार्यकालमा सफल बनाउन महत्वपुर्ण भुमका निर्वाह गरे वापत पुराना पत्रकार डिल्ली ढकाल, पर्थका अभियन्ता सुबास श्रेष्ठ ,ब्रिजबेनका सामाजिक अभियन्ता अभिमन्यु केसी,रियल स्टेट बिजनेशका अशोक थपलिया, मेलवर्नका सचिन योन्जन,निरु त्रिपाठी, लगायतलाई प्रदान गरिएको थियो । कार्यक्रममा अध्यक्ष टोनु गोथाने तथा महाचिव नारायण कोइरालाले दुइ बर्षको कार्यकाललाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यबाद ज्ञापन गरेका थिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij