Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

साउन २५ गते मिसेस नेपाल इन्टरनेसनल २०१९ को दोस्रो अडिशन हुँदै


  • सोमबार, साउन २० २०७६

  • साउन २५ गते मिसेस नेपाल इन्टरनेसनल २०१९ को दोस्रो अडिशन हुँदै

     

    काठमाडौं – विभिन्न उमेर समूह र वर्गका लागि सौन्दर्य प्रतियोगिता आयोजना गर्दै आएको रिवन इन्टरटेनमेन्ट प्रालीले आप्mनो कम्पनीको विशेष प्रतियोगितास्वरुप अघिल्ला वर्षभैmँ यस वर्ष पनि मिसेस नेपाल इन्टरनेसनल २०१९गर्ने भएको छ ।
    रमाईलो एचडीका सहकार्यमा हुने पाँचौ संस्करण ‘लैगिंक असमानताविरुद्धको अभियान’ भन्ने नाराका साथ हुने पेजेन्ट निर्देशक निशुकान्त झाले जानकारी गराए । आगामी असोज ४ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने प्रतियोगिताका लागि गत साता पहिलो चरणको अडिसन सम्पन्न भएको छ भने दोस्रो अडिसन आगामी शनिबार नयाँ वानेश्वरस्थित अर्याल होटलमा हुने जानकारी उनले गराए । गत साता प्रतियोगितामा सामेल हुन चाहने महिलाहरुको अभिनेत्री तथा फिल्म निर्मात्री करिश्मा मानन्धर, अभिनेता आर्यन सिग्देल, अभिनेता तथा रंगकर्मी विरेन्द्र हमाल, फिल्म निर्माता सुवास गिरी, मिसेस नेपाल इन्टरनेसनल २०१८ चन्दा थापा गिरी, व्यवसायी अनुप के. बराल र कोरियोग्राफर अश्विनी झाले अडिसन लिएका थिए भने आगामी शनिबार अभिनेता राजेश हमाल, पूर्व प्रधान सेनापती रुक्मांगत कटुवाल, मिसेस नेपाल इन्टरनेसनल २०१८ चन्दा थापा गिरी, व्यवसायी अनुप के. बराल, कोरियोग्राफर अश्विनी झा र गायक आभाष लाभले अडिसन लिनेछन् ।
    अटायर पाटनर आईआईएफटी नेपाल र मेकअप पाटनर फेसियल हाउसको प्रतियोगिताका लागि २ चरणका अडिसनबाट छानिएका महिलाहरुलाई विभिन्न विषयका विज्ञहरुबाट करिव ६ हप्ताको तालिम प्रदान गरिने झाले बताए ।
    तालिम अवधिमा कोरियोग्राफि, ग्रुमिङ, टेवलम्यानर, आर्टअफलिभिङ, सेलिब्रेटी अन्तरकृया, पब्लिक स्पिकिङ, हेयर एण्ड मेकअपक्लास, सारिरिक हाउभाउ,महिला सशक्तीकरण, जुम्बा , सोसियल मिडियामा प्रोफाईल, मानव अधिकार तथा कार्यक्रम सम्बन्धि कानुनी सल्लाह लगायतका व्यक्तित्व विकास सम्बन्धि विभिन्न विज्ञहरुबाट कक्षा लिईने उनले जानकारी गराएका छन ्। प्रतियोगिताका सहभागीहरुलाई पूर्व प्रधान सेनापती रुक्मांगद कटुवाल, अनुप के बराल, बिरेन्द्र हमाल, सुस्मा महरा, पुर्ण लामा, संचिता लुईटेल, बिकास थपलिया, कृष्ण ढुङ्गाना, सरोज प्याकुरेल, धिरेन्द्र पे्रमर्षीलगायतले यी विषयको ज्ञान दिनेछन् । प्रतियोगिताको प्रमुख बजेताले अन्तराष्ट्रिय प्रतियोगिताका नेपालका तर्पmबाट सहभागी हुने अवसरका साथ स्कुटर तथा विभिन्न अवसरहरु प्राप्त गर्नेछिन् । भने पहिलो, दोश्रो र तेश्रो विजेताले विभिन्न अवसरका साथै अन्तराष्ट्रिय पेजेन्टमा भाग लिने अवसर समेत पाउने छन् ।
    अश्विनी झाको कोरियोग्राफीमा हुने प्रतियोगिताका यसअघिका संस्करणमा सविता लामिछाने, अनुपमा राई , सुरुची पाण्डे र चन्दा थापा गिरी प्रमूख विजेता भएका थिए भने गतवर्षकी विजेता चन्दा थापा गिरीले सिंगापुरमा सम्पन्न अन्तराष्ट्रि प्रतियोगीता मिसेस इन्टरनेसनलमा मिसेस एसियाप्यासिफिकको उपाधि नेपालमा भित्र्याउन सफल भएकी थिईन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij