Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मिसेज नेपाल ग्रान्डको उपाधी सृजना श्रेष्ठले जिनिन


  • मंगलबार, साउन १४ २०७६

  • मिसेज नेपाल ग्रान्डको उपाधी सृजना श्रेष्ठले जिनिन

    काठमाडौं – दोश्रो संस्करणको मिसेज नेपाल ग्रान्ड २०१९ को उपाधि सृजना श्रेष्ठले जितेकी छिन । काठमाडौंको जमल स्थित नाचघरमा सम्पन्न फाईनल प्रतियोगितामा सृजनाले आफ्ना प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि सहित विभिन्न उपहार जितिन् । उनी मोस्ट ट्यालेन्ट, बेस्ट क्याटवाक र मस्ट फोटोफोजेनिकको उपाधि पनि जितिन् ।
    सो प्रतियोगितामा मिसेज नेपाल ग्रान्ड फस्ट रनर अपको उपाधि अञ्जली केसी शाहले प्राप्त गरिन् । अञ्जलीले मोस्ट पपुलर र सोसियल वेलफेयरको उपाधि पनि हाँसिल गरिन् ।
    यस्तै सेकेन्ड रनर अपको उपाधि सृजना थापा श्रेष्ठले र म्यानेजमेन्छ च्वाईस सहित थर्ड रनरअपको उपाधि एलिना घिसिङले पाईन् ।
    यो प्रतियोगितामा भिवर्स च्वाईस सहित पब्लिक च्वाईसको उपाधि उषा राना केसीले, बेस्ट हेयरको उपाधि रविना थापाले, बेस्ट भ्युजको उपाधि इच्छा राईले, मस्ट ब्युटिफुलको उपाधि चेलिनले, बेस्ट स्किन र बेस्ट स्माईल उपाधि पूर्णिमा कोईरालाले र मोस्ट एक्टिभको उपाधि सृजना श्रेष्ठले हाँसिल गरे ।
    यल मिडियाद्धारा आयोजित यो प्रतियोगितामा अश्विनी झाको कोरियोग्राफी रहेको थियो ।  अभिनेत्री सञ्चिता लुईटेल, सञ्चारकर्मी सरोज प्याकुरेल, सूर्य चन्द सहित एलिजा महर्जन, चन्दा थापा गिरी थिए ।
    गृहणीहरुको व्यक्तित्व विकाशको लागि यो प्रतियोगिता आयोजना गरिएको आयोजक संस्थाकी अध्यक्ष रमी श्रेष्ठले बताए । सो प्रतियोगिताको संयोजना दीपा सेढाईंले गरेकी हुन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij