Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सञ्चारकर्मी गिताको शब्दमा सारिकाको ‘तीजैमा ब्रत बसी’ (भिडियोसहित)


  • मंगलबार, साउन ७ २०७६

  • सञ्चारकर्मी गिताको शब्दमा सारिकाको  ‘तीजैमा ब्रत बसी’ (भिडियोसहित)

    काठमाडौ-गत वर्षको तीजमा ‘यतै घमाइलो उतै घमाइलो…’सन्देश मुलक तीज गीत लिएर आएकी सञ्चारकर्मी गीता अधिकारी यसपाली ‘तीजैमा ब्रत बसी…’ भन्दै आएकी छन् । मिलापको प्रस्तुतिमा गीता अधिकारीको शब्द रहेको गीतको भिडियो ‘तीजैमा ब्रत बसी…’ आज राजधानीको पुरानो बानेश्वर स्थित मनसुन क्याफेमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो ।

    नायिका तथा गायिका सारिका घिमिरेको स्वरमा र नायिका पुजना प्रधान, सारिका र गीता लगायतका कलाकारको अभिनय रहेको तीज गीत ‘तीजैमा ब्रत बसी’को भिडियोलाई गीताकी आमा यमकुमारी अधिकारीको प्रमुख आतिथ्यता र नेपाली पहिलो रङ्गीन चलचित्र आमाकी अभिनेत्री चैत्यदेवी, किर्तिमानी गीतकार डा. डीआर उपाध्याय, बरिष्ठ कलाकार लय संग्रौला, उत्तम केसी, गीताकार तथा सञ्चारकर्मी शान्तिपृय, गायक सिताराम पोखरेल, सङ्गीतकार राजु सिंह, गीतकार संघका महासचिव वसन्त वित्यासी थापालगायतको आतिथ्यतामा सार्वजनिक गरिएको थियो ।

    गीत सार्वजनिक कार्यक्रममा शुभकामना मन्तव्य राख्दै अतिथिहरुले गीत मौलिक तीज गीत रहेको र गीतको भिडियो पनि उत्कृष्ट रहेको बताएका थिए ।

    नारायण रिजालले निर्देशन गरेको गीतको भिडियोमा योगेश काजीको लय सङ्कलन तथा एरेन्ज, एचवीन किस्मतको अडियो मिक्सिङ रहेको छ । गीतको भिडियोलाई वीरेन्द्र भाट ‘विपिन’ले छायाँकन गरेका छन् । रामसिंह भाटको उपसम्पादन रहेको भिडियोमा सञ्जु ढकालको श्रृङ्गार रहेको छ ।

    ‘हामीले गत वर्ष सन्देश मुलक तीज गीत स्रोता/दर्शकमाझ पस्केका थियौ, यसपालीको तीजमा दुःख पीडा भुलेर खुलेर नाचौ भन्ने खालको तीज गीत लिएर आएकी छु, सबैले मनपराई दिनुहुन्छ भन्ने आशावादी छु’, गीताले भनिन् ।

    ‘एउटा राम्रो तीज गीत पस्किने हाम्रो कोशिस रहेको छ, म यसमा खुलेर नृत्य गरेकी छु, पक्कै पनि सबैले मन पराइदिनुहुन्छ भन्ने लाग्छ’ नायिका पुजनाले भनिन् ।

    ‘गत वर्ष भन्दा अलिक फरक खालको गीत लिएर आएका छौ’ भन्दै गायिका सारिका घिमिरेले ‘यो तीज गीत छम छम नाच्ने खालको बनेको बताइन ।

    ‘तीजका गीत प्रायः सबै उस्तै उस्तै नै हुन्छन् हामीले अझ राम्रो बनाउने प्रयास गरेका छौ,’ निर्देशक नारायण रिजालले भने । ड्रेस शिव कैलास कला मन्दिरको रहेको गीतलाई वल्र्ड कभर मिडियाले पोष्ट प्रोडक्सन गरेको हो । गीत ओएसआर डिजिटलको युट्युव च्यानलबाट आएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij