Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

चलचित्र ‘साईनो’को ट्रेलर सार्वजनिक ( ट्रेलरसहित)


  • बिहिबार, असार २६ २०७६

  • चलचित्र ‘साईनो’को ट्रेलर सार्वजनिक ( ट्रेलरसहित)

    काठमाडौं – चलचित्र ‘साईनो’को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा मिरुना मगर, राज कुमार र नीता ढुंगाना बीचको त्रिकोणात्मक प्रेमलाई देखाइएको छ ।

    बरिष्ठ अभिनेत्री भुवन चन्द थापाले निर्माण गरेको चलचित्रलाई रमेश थापाले निर्देशन गरेका हुन् । चलचित्रमा मिरुना, राज र नीताका अलवा भुवन चन्द थापा, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल, रोयदीप श्रेष्ठ, श्याम राई, शिखा मल्ल, बिशाल पहाडी, भिमसेन लामा, धर्मेन्द्र आचार्य, रामेश्वर बुर्लाकोटी, बसुकला मैनालीलगायतका कलाकारको अभिनय छ ।

    चन्द्रविनायक फिल्म प्रोडक्सनको ब्यानर निर्माण भएको चलचित्रका कार्यकारी निर्माता शरण थापा हुन् । चलचित्रमा अभिमन्यु निरवीको लेखन, रामेश्वर कार्कीको छायाँकन, रामजी लामिछानेको कोरियोग्राफी र बनिश शाहको सम्पादन रहेको छ । चलचित्र साउन २४ गतेबाट प्रदर्शन हुँदैछ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij