Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

छविराज ओझा र शिल्पा पोखरेलबीच सहमति


  • बिहिबार, असार २६ २०७६

  • छविराज ओझा र शिल्पा पोखरेलबीच सहमति

    काठमाडौं – निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलबीच सहमति भएको छ । एकले अर्काबीच कुनै किसिमको पारिवारिक र व्यक्तिगत आक्षेप नलगाउने प्रतिबद्धता जनाएपछि आज महानगरी प्रहरी परिसरमा उनीहरुबीच कुरा मिलेको हो । अभिनेत्री शिल्पा पोखरेलले ओझाको विरुद्ध घरेलु हिंसा भएको भन्दै प्रहरीमा उजुरी गरेपछि महानगरीय प्रहरी परिसर काठमाडौले उनलाई बोलाएको थियो । निर्माता ओझाले प्रहरीसमक्ष शान्ति सुरक्षामा कुनै पनि आँच आउने कुरा नगर्ने प्रतिबद्धता जनाएपछि दुवैबीच सहमति भएको प्रहरीले जनाएको छ ।
    नायिका शिल्पा पोखरेल निर्माता छविराज ओझाको चौथो श्रीमती बनेर ओझा निवास भित्रिएकी थिइन् । शिल्पा र छविराजले २०७३ सालको दशैंमा गोप्य रुपमा बिहे गरेका थिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij