Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

चर्चित गीतकार बुद्धवीरको नवौं एकल साँझ सम्पन्न


  • आइतबार, असार २२ २०७६

  • चर्चित गीतकार बुद्धवीरको नवौं एकल साँझ सम्पन्न

    काठमाडौं- चर्चित गीतकार बुद्धवीर लामाको नवौं एकल साँझ शनिबार राजधानीमा सम्पन्न भएको छ । जमलस्थित राष्ट्रिय नाचघरमा अबेर साँझ आयोजित एकल साँझमा चर्चित गायक गायिकाले उनीद्धारा लिखित कबिर एक दर्जन गीत प्रत्यक्ष गाएर सुनाएका थिए ।
    राष्ट्र, समाज र जनताका लागि बिशिष्ट योगदान दिएका र आधिकारिक निकायहरुबाट ओझेलमा रहेका समाजका बिभिन्न व्यक्तिलाई ताम्रपत्र र दोसल्लाले सम्मान गर्दै सुरु भएको कार्यक्रम करिव करिब ४ घन्टा चलेको थियो ।
    पुर्व प्रधामन्त्री झलनाथ खनाल प्रमुख अतिथि र पुर्व प्रमुख राष्ट्रिय एथेलेटिक्स प्रशिक्षक मधु शमशेर जबरा, नेपालका लागि युएईका राजदुत शहिद हमदाम अल नाबी लगायत अतिथिहरु रहेको कार्यक्रममा ‘नेपाली संगीत विशिष्ट सम्मान २०७६’बाट मनोज कुमार राई सम्मानित भए । राई अमेरिकामा नेपालीको लागि आवश्यक पर्दा सम्पुर्ण सहयोग उपलब्ध गराउने ब्यीक्तको रुपमा परिचित छन् ।
    त्यस्तै ‘अन्तराष्ट्रिय संगीत साधना सम्मान २०७६’बाट मधुकर लोहनी, किरण मोक्तान, इजाज अलि, अनुपमा प्रधान, इन्द्र खरेल सम्मानित भए ।
    कार्यक्रममा ‘उत्कृष्ट समाजसेवी नागरिक सम्मान २०७६’बाट भने डा. खगेन्द्र बहादुर श्रेष्ठ, शम्भुप्रसाद दाहाल, डिके लामा, रामचन्द्र महतो, कृष्ण प्रसाद मिश्र, राजकुमार गुप्ताले प्राप्त गरे ।
    देउडा गायक नन्दकृष्ण जोशी र नियात्राकार प्रतीक ढकालले ‘साहित्य संगीत सम्मान २०७६’ प्राप्त गरेको कार्यक्रममा ‘इलाममा जन्मेका कर्मयोद्धा सम्मान २०७६’ रमेश कुमार अधिकारी, दीपक गौतम, डम्बर खड्काले लिए ।
    सोही कार्यक्रममा ‘निजामती सेवा सम्मान २०७६’ शिव प्रसाद चापागाई, डिल्लीराम अधिकारी, चेतकुमार पोखरेल, लक्ष्मण आचार्य, भीमबहादुर केसीलाई प्रदान गरियो ।
    सो अवसरमा ‘शिक्षा सेवा सम्मन २०७६’बाट इन्दिरा याक्थुम्बा, शिवराज पन्त, उमिद शेर्पा, रमेश शाही, शाकिर उद्धिन, धनेश्वर राउत, चिरबाबु महर्जन सम्मानित भए ।
    सम्मानित सबैलाई पुर्व प्रधानमन्त्री झलनाथ खनाल लगायतका ब्यक्तिले ताम्रपत्रका साथै दोसल्ला ओढाएर सम्मान गरेका दिए ।
    प्रत्येक बर्ष एकल साँझमा एक एल्बम र अनाथ, रोगी बृद्धाश्रमलाई सहयोग गर्दै आएका गीतकार लामाले यसबर्ष सफलता एचआइभी शिक्षासदन स्कुल र्कीतिपुर र बालबालिका महिला तथा शिक्षा सहयोगी फाउण्डेशन जोरपाटी अत्तरखेललाई नगद रु २५ हजार एकसय एक र बैकुण्ठ मानन्धर खेलकुद नेपाललाई ५१ हजार एकसय एक सहयोग गरिएको थियो ।
    कार्यक्रमा गीतकार लामाका शब्द र नारायण लामा र प्रमिला लामाको स्वर रहेको ‘कागको फुल चोर्ने’ र रमेश बोखिम राइको स्वर संगीत रहेको ‘मैच्याङ’ नाम दुई एल्बम समेत बिमोचन गरिएको थियो ।
    चन्द्रकुमार दोङले ‘नौ महिाना कोखमा’, सत्यकला राईले ‘आइडी काडैले’, मनोज राईले बिनायो, शम्भु राइले ‘चलेछ बतास बोलको गीत प्रस्तसत गर्दा कुन्त िमोक्तान, रमेश बोखिम राई, नारायणलामा, प्रमिला लामा लगायतले नयाँ रेकर्ड गरिएको प्रस्तुत गरेका थिए ।
    गणेश इसारले हाँस्यब्याङ्ग्य माफर्त दर्शक हसाएको कार्यक्रममा ब्लुरेन इन्टरनेशनल स्कुल, पुजना लोहागन, महेनदै पुलिस क्लबका तर्फबाट आकर्षक नृत्य राखिएको थियो ।
    आफ्नो लोकप्रिय गीत लगातार सुन्न चाहने गीत संगीत प्रेमीको चाहना पुरा गर्न आफुले बिगत ९ बर्षदेखि एकलसाँझलाई निरन्तरता दिदै आएको गीतकार बुद्धबिर लामाले बताए । नियमित एकल साँझ गर्ने गीतकार आफुनै पहिलो भएको उनको भनाई रहेको छ ।
    हजारौ चर्चित गीत दिएका लामा यहि २७ गते ‘छिन्नलता पुरस्कार’बाट पनि सम्मानित हुँदैछन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij