Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

खुमन र सपनाको तीज गीत ‘घरबार गर्ने सोँच’ सार्बजनिक (भिडियोसहित)


  • आइतबार, असार २२ २०७६

  • खुमन र सपनाको तीज गीत ‘घरबार गर्ने सोँच’ सार्बजनिक (भिडियोसहित)

    काठमाडौं । यसवर्षको तीज पर्व क्रमश नजिकिँदैछ । युट्युबमा दिनहूँ तीज गीतका भिडियो सार्वजनिक हुन थालेका छन् । जसले तीज पर्व नजिकिएको आभाष हुन थालेको छ ।
    यसैक्रममा शुक्रबार ‘घरबार गर्ने सोँच’बोलको तीज गीत सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमकाबीच भिडियोको प्रिमियर गर्दै गीत सार्वजनिक गरिएको हो । चर्चित गायक खुमन अधिकारी र गायिका सपना थापाको स्वर रहेको गीतमा सागर प्रधानको शब्द÷लय रहेको छ । गीतमा बिनोद बाजुरालीको संगीत संयोजन छ । गीतमा विहे गर्ने उमेर पुगेकी युवतीको भाव ब्यक्त गरिएको छ ।
    नेपाली चलचित्रकी नायिका रेजिना उप्रेती, मोडल लोमश शर्मा र रेखा थापा लगायतले गीतको भिडियोमा अभिनय गरेका छन् ।
    प्रकाश भट्टको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियोलाई राजेश घिमिरेले छायाँकन गरेका हुन् । गीतको भिडियो आकर्षक देखिएको छ ।
    विष्णु शर्माको सम्पादन रहेको भिडियोलाई सेलिब्रेटी नेपालले प्रस्तुत गरेको हो ।

    https://youtu.be/VLWU4Jm-15c

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij