Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

दीक्क्षाले जितिन् मिस एसईई युनिभर्सलको ताज


  • आइतबार, असार १५ २०७६

  • दीक्क्षाले जितिन् मिस एसईई युनिभर्सलको ताज

    काठमाडौं – ‘मिस एसईई युनिभर्सल २०१९’को ताज दीक्क्षा ढकालले जितेकी छन् । १९ प्रतियोगिलाई पछि पर्दै उनी शिर्ष बिजेता बन्न सफल भएकी हुन् । फेसबुक च्वाईस, मस्टपपुलर र मस्टब्युटिफुल उपाधि समेत हात परेकी ढकालले बिभिन्न अवसर र पुरस्कार उपहारको रुपमा प्राप्त गरिन् ।
    जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगितामा सजिना नेपाल बेस्टस्पिच सहित फष्ट रनरअप, रीया गहतराज मष्ट फोटोजेनिक सहित सेकेन्ड रनरअप चुनिदा प्रनिका श्रेष्ठ बेष्ट र्याम्पवाक सहित थर्ड रनर अप र अनुजा पुरी बेष्ट डान्स सहित फोर्थ रनरअफ घोषित भए ।
    ग्ल्याम वल्र्ड इन्टरटेनमेन्ट आयोजक रहेको प्रतियोगितामा ममता वली पब्लिक च्वाई र भ्युवर्स च्वाई, नम्रता थापा बेष्टस्माइल, ईशा केसी ब्युटी विथ पर्पस, विविसा लामिछाने मिस ट्यालेन्ट, अदीती सुनुवार बेष्ट हेयर, सञ्चिता लामा बेष्ट स्क्रिन, स्नेहा लामा तामाङ मष्ट डिस्पिलिन, करिना मानन्धर बेष्ट पर्सनालीटी, श्रेया श्रेष्ठ मष्ट फ्रेन्डली, बिना घले मष्टचार्मिङ , झरना थापा मगर फेसन आइकन, सलिना बुढाथोकी सोशल वेलफेयर एम्बेसडर, दीक्क्षा राई म्यानेजमेन्ट च्वाइस्, प्रिती खड्का मष्ट एक्टिभ उपाधि विजेता बन्न सफल भए ।
    एसईई दिएर बसेका छात्राहरुको प्रतिभा निखार्दै उनीहरुलाई भबिश्य निर्माणमा बाटो देखाउने प्रतियोगिताको मुख्य उदेश्य रहेको आयोजक ग्ल्याम वल्र्ड इन्टरटेनमेन्टका सिईओ प्रिती कार्कीले बताइन् ।
    आकाश गिरीको इभेन्टम्यानेजमेन्टमा आयोजित प्रतियोगीताको संचालन तथा कोरियोग्राफी अश्विनी झाले गरेका थिए ।
    अभिनेता रमेश बुढ़ाथोकी, हिस्सानका अध्यक्ष तथा गोल्डेन गेट कलेजका प्रमुख रमेश सिलवा, अध्यापक तथा संगीतकार सरोज प्याकुरेल, अभिनेता गजित बिष्ट, गायक तथा डाक्टर आभास लाभ, आईडीयल स्कूलका संस्थापक पूर्ण लामा, मिसेस नेपाल इंटरनेशनल तथा मिसेस एसिया प्यासिफिक चंन्दा थापा गिरी प्रतियोगितामा निर्णायक रहेका थिए ।
    बिभिन्न सांगीतिक धुमधमाका सहित प्रतियोगिता आयोजना भएको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij