Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

साइनोको शिर्ष गीत रिलिज (भिडियोसहित)


  • बुधबार, असार ११ २०७६

  • साइनोको शिर्ष गीत रिलिज (भिडियोसहित)

     

    काठमाडौं -नेपाली चलचित्रकी प्रथम नायिका भुवन थापा चन्दले निर्माण गरेको चलचित्र साइनोको शिर्ष गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको छ । प्रताप दास र जीना रसाइलीको आवाज रहेको कुन मायाको साइनो… बोलको गीतमा शब्द राजेश कुमार श्रेष्ठ र संगीत एलिश कार्कीको छ ।
    चन्द्र बिनायक फिल्म प्रोडक्सनको ब्यानरमा रमेश थापाद्धारा निर्देशित चलचित्र साइनोमा राज कुमार, मिरुना मगर, निता ढुंगाना, भुवन थापा चन्द, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, रोयदीप श्रेष्ठ लगायतका अन्य कलाकारहरुको अभिनय छ । चलचित्रलाई रमेश थापाले निर्देशन गरेका छन् ।
    चलचित्र साइनो २०७६ को साउन २४ गते प्रदर्शन हुनेछ । चलचित्रलाई अभिमन्यु निरबीले लेखेका छन् । शरण थापा कार्यकारी निर्माता रहेको चलचित्र साइनोमा रामेश्वर कार्कीको छाँयांकन, रामजी लामिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij