Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कृतिका केसीले जितिन् मिस टिन एसईई २०१९ को उपाधि


  • बुधबार, असार ११ २०७६

  • कृतिका केसीले जितिन्  मिस टिन एसईई २०१९ को उपाधि

    काठमाडौं – स्टार वन इन्टरटेनमेन्ट प्रालिले एसईइ दिएर बसेका किशोरीहरुमाझ राजधानीमा आयोजना गरेको सौन्दर्य प्रतियोगितामा काठमाडौंको पेप्सिकोलाकी कृतिका केसीले मिस टिन एसईई २०१९ को उपाधि चुमेकी छिन् । राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगितामा उनले मूख्य उपाधिका साथमा बेस्ट ¥याम्प वाकको उपउपाधिलाई पनि आप्mनो बनाएकी छिन् ।
    पाँचौ संस्करणको प्रतियोगितामा सेलिना जोशी फस्ट रनर्सअपका साथमा मस्ट फोटोजेनिक, सरिता रुवाली सेकेण्ड रनर्सअपका साथमा फेसबुक च्वाइस र मिस ट्यालेन्ट, लीना तामाङ थर्ड रनर्स अपका साथमा मष्ट पपुलर तथा अविना केसी फोर्थ रनर्सअपका साथमा व्युटी विथ पर्पसको विजेता भईन् भने अस्मिता श्रेष्ठ पब्लिक च्वाइसका साथमा भ्युवर्स च्वाइस र बेस्ट सिंगर भईन्। अश्विनीकान्त झाको कार्यक्रम सञ्चालन र कोरियोग्राफीमा सम्पन्न प्रतियोगितामा युनिशा पुन बेष्ट हेयर, सोफिया प्रसाई बेस्ट स्किन, प्रिति गिरी मष्ट डिसिप्लिन, कृति सिम्खडा बेस्ट स्पिच, कृपा गुरुङ बेष्ट पर्सनालिटी, सिमरन शाही ठकुरी बेष्ट फिजिक, जस्मिन सुनार मष्ट फ्रेण्डली, कृस्टिलिना स्थापित फेसन आइकन, संयुक्ता रिजाल सोशल वेलफेयर एम्बेस्डर, लीना तामाङ बेष्ट डान्सर, कृतिका श्रेष्ठ मष्ट क्रियटिभ, समिका काफ्ले मष्ट व्युटिफुल, बबिना खड्का मष्ट आइकनिक आइज, युनिका बस्नेत मिस कन्जिनियालिटी, प्रियस्का खडका बेस्ट फिटनेस, अञ्जु श्रेष्ठ मेनेजमेन्ट च्वाइस, अनुस्का घिमिरे मष्ट एक्टिभ, कृपा गुरुङ युट्युव बेस्ट भ्युज, सुविधा अधिकारी मष्ट गर्जियस र स्वीकृति पराजुली युथ विथ रेस्पन्सिबलिटी भए ।
    पूर्व प्रधान सेनापती रुकमाङ्गद कटुवालको प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगितामा डा.अनिल मिश्रा, डा. आभाष लाभ, प्रा. सुदन डोटेल, अभिनेता आयुष रिजाल, मिसेस एशिया प्याशिफिक इन्टरनेशनल तथा मिसेस नेपाल इन्टरनेशनल चन्दा थापा गिरी र मिसेस नेपाल ग्ल्याम एलिजा महर्जन निर्णायक रहेका थिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij