Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

योङ माइन्डस् अवार्डमा कलाकार र पत्रकारलाई सम्मान


  • बिहिबार, असार ५ २०७६

  • योङ माइन्डस् अवार्डमा कलाकार र पत्रकारलाई सम्मान

     

    काठमाडौंं – योङ माइन्डस् इन्टरटेनमेन्टले ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ बरिष्ठ कलाकार जयनन्द चन्दलाई दिने भएको छ । इन्टरटेनमेन्टले यहि असार ८ गते आयोजना गर्न लागेको दोस्रो ‘योङ माइन्डस् इन्टरटेनमेन्ट अवार्ड २०७६’ मा चन्दलाई यो सम्मान दिन लागेको हो । थुपै चलचित्रमा अभिनय गरेका ७८ बर्षीय चन्द स्वस्थ्य उपचारको लागि हाल अल्काअस्पतालमा भर्ना भएका छन् ।
    राष्ट्रिय गीतका सर्जका ब्याकुल माइलालाई ‘राष्ट्रिय गायन’ सम्मान दिइने कार्यक्रममा रंगपत्रकार शान्ती प्रिय, कृष्ण भट्टराई र लक्ष्मण सुवेदीलाई पत्रकारीता सम्मानद्धारा सम्मानित गरिदैछ ।
    नेपाली गीत, संगीत तथा त्यसका श्रष्ठाहरुलाई सम्मान तथा पुरस्कृत गर्ने उदेश्यले आयोजना हुन लागेको यो अवार्डमा प्रोत्सान र जुरी सहित गीतसंगीतका बिभिन्न बिधा गरेर कुल ५० बिधा समेटिएको छ ।
    राष्ट्रिय नाचघरमा एकभब्य कार्यक्रम सहित बितरण गरिने अवार्ड नेपाली गति संगीतको महाउत्सव भएको आयोजक योङ माइन्डस् इन्टरटेनमेन्टका मुनाल शिशिर कोइरालाले बताए । ‘अवार्डको लगभग लगभग तयारी सकिएको छ’ कोइरालो भने ‘गीत संगीत, चलचित्र लगायत सबै क्षेत्रका कलाकारको उपस्थिती अवार्डमा रहनेछ ।’

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij