Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मिष्टर एण्ड मिस एसईई अफ द इयर २०१९ सम्पन्न


  • बुधबार, असार ४ २०७६

  • मिष्टर एण्ड मिस एसईई अफ द इयर २०१९ सम्पन्न

    काठमाडौं – एसईई दिएर परिणामको प्रतीक्षामा बसिरहेको युवा युवतीको व्यक्तित्व र आत्मविश्वासका लागि रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा राजधानीमा आयोजित मिष्टर एण्ड मिस एसईई अफ द इयर २०१९ प्रतियोगितमा अंकिश श्रेष्ठ र प्रीशा गिरीले प्रमुख उपाधि चुमेका छन् । अंकिश पब्लिक च्वाइस, फेसबुक च्वाइस, मष्ट ट्यालेन्ट, भ्युवर्स च्वाइस र युट्युव बेस्ट भ्युज उपउपाधिको विजेता भएका छन् भने प्रीशा मिस एसईइका साथमा वेष्ट सिंगर र युट्युब वेष्ट भ्युज उपउपाधिकी विजेता पनि भएकी छिन् ।
    पाँचौ संस्करणको प्रतियोगितामा अनन्त कडेल र प्रीज्मा सापकोटा फष्ट रनर्सअप भएका छन् । प्रीज्मा फेसबुक च्वाइस र मष्ट पञ्चुअल पनि चुनिएकी छिन् । त्यस्तै सुवास सापकोटा र सुरेशा श्रेष्ठ सेकेण्ड रनर्सअप भएका छन् । सुवास मस्ट पपुलर र सुरेशा फेशन आईकन पनि भईन् भने स्नेहा घिमिरे थर्ड रनर्सअपका साथमा मिस कन्जिनियालीटी र सन्ध्या अधिकारी फोर्थ रनर्सअपका साथमा वेष्ट डान्सर पनि चुनिईन् ।
    राजधानीमा जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगितामा पुरुषतर्पm रोहन खत्री मिष्टर ह्याण्डसम, सागर महर्जन मष्ट फ्रेण्डली, रिजन श्रेष्ठ मस्ट फोटोजेनिक र समिर खत्री बेस्ट पर्सनालिटी भएका छन्। पूर्व प्रधान सेनापती रुकमाङ्गद कटुवालको प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगितामा युवतीतर्फ रिन्चेन तामाङ, पब्लिक च्वाइसस, भ्युवर्स च्वाइस र मष्ट व्युटिफुल, प्रेरणा मेहता मस्ट पपुलर र मेनेजमेन्ट च्वाइस, सजना डंगोल बेस्ट ¥याम्प, प्रिया केसी बेस्ट ¥याम्प र व्युटि विथ पर्पस, सलिना कट्टेल मिस ट्यालेन्ट, अञ्जु श्रेष्ठ बेस्ट हेयर, सन्ध्या महर्जन बेस्ट स्किन, लिजा श्रेष्ठ मस्ट डिसिप्लिन, काजल श्रेष्ठ मस्ट फोटोजेनिक, स्वस्तिका सुवेदी बेस्ट स्पिच, प्रस्तुती तिमसिना बेस्ट पर्सनालिटी, सुहाना न्यौपाने
    बेष्ट फिजिक, श्रेयुक्ता भट्टराई मस्ट फ्रेण्डली, सवर्णा शाह मष्ट चार्मिङ , अलिसा श्रेष्ठ सोशल वेलफेयर एम्बेस्डर, गिताञ्जली श्रेष्ठ मस्ट क्रिएटिभ, ऋषिका तामाङ बेस्ट फिटनेस, डिनिशा खत्री सोशली रेस्पोन्सिसबल र सिमरन भारती मस्ट एक्टिभ ःभएका छन् ।
    विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिका साथ सम्पन्न प्रतियोगितामा अभिनेता आयुष रिजाल, डा. अनिल मिश्रा, डा. आभाष लाभ, प्रा. सुदन डोटेल, मिसेस एशिया प्याशिफिक इन्टरनेशनल तथा मिसेस नेपाल इन्टरनेशनल चन्दा थापा गिरी र मिसेस नेपाल ग्ल्याम एलिजा महर्जन निर्णायक रहेका थिए । प्रतियोगिता अश्विनी झाको कोरियोग्राफी तथा सञ्चालनमा सम्पन्न भएको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij