नेपाली कला संस्कृति तथा साहित्यलाई जिबन्त राख्दै आएको नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठानले २०६ औ भानु जयन्ती बिविध कार्यक्रमका साथ धुमधामका साथ मनाएको छ । कबिता, गित संगित र नाटकले भरिएको भानुजयन्तीमा नेपाली भाषा मार्फत कला साहित्यमा योगदान पुरयाउने ब्यक्तीत्वहरुलाई सम्मान समेत गरिएको थियो । अस्ट्रेलियामा रहेका नेपाली युवा पुस्तालाई मुलुकको भाषा र साहित्यसँंग परिचित गराउने मुल उद्देस्य बोकेको कार्यक्रममा श्रष्टाहरुले भानुको संझना गर्दै कबिता बाचन गरेका थिए । कार्यक्रममा न्यु साउथवेल्सका महाबाणिज्यदुत दिपक खड्काले बिदेशमा बसेर नेपाली कला, साहित्यको उत्थानमा लागिपर्नु महत्वपुर्ण बिषय भएको बताए ।कार्यक्रममा अस्ट्रेलियाकी फेडरल एमपी जुलिया ओवनले बहुसांस्कृतीक समाजको बाहुल्यता रहेको अस्ट्रेलियामा सबै भाषा, भाषी र कला संस्कृती र पहिचानको सम्मान गरिने बताए । कार्यक्रममा ग्रानभिल क्षेत्रकै राज्य सांसद जुलिया फीनले छोटो समयमा उत्कृष्ट पहिचान बनाएको नेपाली समाज अस्ट्रेलीयाको महत्वपुर्ण अंक बनेको सुनाइन । उनले एकतामा बाधिएको नेपाली समाजको कला ,संस्कृतीको पहिचान प्रशंसनिय रहेको बताइन । प्रतिष्ठानकी सचिब संगिता बस्नेतले सन्चालन गरेको कार्यक्रममा एनआरएनका पुर्व उपाध्यक्ष दिनेश पोखरेल, एनआरएनका पुर्व अध्यक्ष गोवा कटुवाल, कानुन ब्यबशायी शम्सेर सिंह थापा, एनआरएनका प्रवक्ता डिला खरेल लगायतको उपस्थीती रहेको थियो ।
कार्यक्रममा स्थानिय गायक रमन रेग्मीले स्वरले कार्यक्रममा रौनक थपेको थियो । भानु जयन्तीको उपलक्ष्यमा भिमसेन गुरुङ र भिमसेन सापकोटा तथा बाल प्रतिभा सारा पाण्डे र अग्रीम घिमिरेलाई भानु अर्वाडवाट सम्मानित गरिएको थियो । हरेक बर्ष भानु जयन्ती लगायत नेपाल कला साहित्यका उत्थानमा बिविध कार्यक्रम गर्दै आएको प्रतिष्ठानले गत महिना मात्र बहुसांस्कृतीक कार्यक्रमको आयोजना गरेर नेपालीको प्रतिष्ठा उचो पारेको थियो । हामीले बिदेशमा बसेर पनि मुलुकको भेष भुषा र कला साहित्य अनि संस्कृतीको जर्गेना गर्ने अभियानमा जुटेका छौ, अध्यक्ष सुजाता बस्नेतले बताइन । कार्यक्रममा सचिब संगिता बस्नेतलाई संस्थाको विविध गतिविधीमा संयोजनकारी भुमिका निर्वाह गरेकोमा सम्मानित गरिएको थियो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
