Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मिष्टर एण्ड मिस एसईई ग्ल्यामका प्रतिभा अनेक


  • बुधबार, जेष्ठ २२ २०७६

  • मिष्टर एण्ड मिस एसईई ग्ल्यामका प्रतिभा अनेक

     

    काठमाडौं – ग्ल्याम वल्र्ड इन्टरटेनमेन्ट आयोजक रहेको ‘मिष्टर एण्ड मिस एसईई ग्ल्याम २०१९’का प्रतियोगीले प्रतिभा देखाएका छन् । प्रतियोगीले ट्यालेन्ट उपाधिका लागि नृत्य, गायन, वक्तित्वकला, नाटक र चित्रकला लगायत बिषयमा आफुमा रहेको प्रतिभा देखाएका हुन् ।
    जोरपाटी स्थित नामी कलेजमा मंगलबार आयोजित ट्यालेन्ट राउण्डमा शिक्षक तथा पत्रकार सरोज प्याकुरेल, ‘मिसेस नेपाल ग्ल्याम २०१८’ एलिजा महर्जन, ‘मिसेस नेपाल टुरिजम २०१’ छिरिङ डोल्मा शेर्पा र दिवस धिताल मोडल अभिनेता लगायत निर्णायक रहेका थिए ।
    प्रतियोगिताको ‘मिस एसईई ग्ल्याम’तर्फ सिमृति अमात्य, स्वस्तिका खड्का, कृपा ढकाल, अन्जाना रावल, स्मृति पौडेल, रचना श्रेष्ठ, शर्मिला कार्की, रेनि गुरुङ, ऐश्वर्या तान्डुकार, वर्षा बोहोरा, दिलाशा मगर, मेंखु शेपा, श्रृस्टी कला राई, सुष्मिता रानाभाट, शुभेक्ष्या वाग्ले नामका १५ र ‘मिस्टर एसईई ग्ल्याम’मा प्रतिक के.सी, साईमन तमाङ, शिल्भा भट्टराई, अनित राई, कमल श्रेष्ठ, सिमोन तामाङ नामका ५ प्रतियोगी छन् ।
    प्रशिक्षका क्रममा प्रतियोगिले मोटिवेशनल, सञ्चार कला, विकास मोटिभेसन, लिडरसिप, ड्रेङ सेन्स, पब्लिक स्पिकिङ, करियर काउन्सिल लगायतका प्रशिक्षण लिइरहेका छन् । आश्विनी झा कोरियोग्राफर रहेको प्रतियोगिताको इभेन्ट म्यानेजर आकास गिरी हुन् । एसईई दिएर बसेका छात्र तथा छात्राहरुको प्रतिभा निखार्ने उदेश्यले प्रतियोगीता आयोजना गरिएको ग्ल्याम वल्र्डकी सिइयो प्रिती कार्कीले जानकारी दिइन् ।
    प्रतियोगिताको अन्तिम स्पर्धा यही ३० गते जमलस्थित राट्रिय नाचघरमा आयोजना हुदैछ । प्रतियोगितामा शिर्ष सहित बिभिन्न आधा दर्जन बढी बिधामा बिजेता छानिने छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij