Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

‘मिष्टर एण्ड मिस एसईई ग्ल्याम २०१९’का प्रतियोगी प्रशिक्षणमा


  • सोमबार, जेष्ठ १३ २०७६

  • ‘मिष्टर एण्ड मिस एसईई ग्ल्याम २०१९’का प्रतियोगी प्रशिक्षणमा

    काठमाडौं – ‘मिष्टर एण्ड मिस एसईई ग्ल्याम २०१९’ प्रतियोगी केही साता देखि प्रशिक्षणमा छन् । प्रतियोगिताको अन्तिम स्पर्धामा शिर्ष उपाधि जित्ने उदेश्य सहित उनीहरु प्रशिक्षणमा दिनरात मिहिनेत गरिरहेका छन् ।
    ग्ल्याम वल्र्ड इन्टरटेनमेन्ट आयोजक रहेको प्रतियोगिताको ‘मिस एसईई ग्ल्याम’ तर्फ सिमृति अमात्य, स्वस्तिका खड्का, कृपा ढकाल, अन्जाना रावल, स्मृति पौडेल, रचना श्रेष्ठ, शर्मिला कार्की, रेनि गुरुङ, ऐश्वर्या तान्डुकार, वर्षा बोहोरा, दिलाशा मगर, मेंखु शेपा, श्रृस्टी कला राई, सुष्मिता रानाभाट, शुभेक्ष्या वाग्ले नामका १५ र ‘मिस्टर एसईई ग्ल्याम’मा प्रतिक के.सी, साईमन तमाङ, शिल्भा भट्टराई, अनित राई, कमल श्रेष्ठ, सिमोन तामाङ नामका ६ प्रतियोगी छन् ।
    एसईई दिएर बसेका छात्राहरुको प्रतिभा निखार्दै उनीलाई उज्वोल भविश्य निर्माणका लागि बाटो देखाउने उदेश्यले ग्ल्याम वल्र्ड इन्टरटेनमेन्टले प्रतियोगिता आयोजना गरेको सिइयो प्रिती कार्कीले जानकारी दिइन् ।
    प्रशिक्षका क्रममा दुबै प्रतियोगीताका प्रतियोगीले एक्स्ट्रा काम र ट्रेनिङहरू, स्विमिङ, जूम्बा, बीर बिक्रम २ चलचित्रका कलाकार पल शाह, नाजÞरी हूसेन, वर्षा सिवकोटी तथा डिरेक्टर मिलन चाम्ससँग अंतरक्रिया) बिभिन्न कलेजको भ्रमण मोटिवेशनल, सञ्चार कला, विकास मोटिभेसन, लिडरसिप, ड्रेङ सेन्स, पब्लिक स्पिकिङ, करियर काउन्सिल लगायतका प्रशिक्षण लिइरहेको कोरियोग्राफर आश्विनी झाले जानकारी दिए ।
    शिर्ष सहित बिभिन्न आधा दर्जन बिधामा बिजेता छानिने प्रतियोगिताको इभेन्ट म्यानेजर आकास गिरी रहेका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij