Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

एसईई मोडल हन्ट २०१९ का प्रतियोगी प्रशिक्षणमा


  • बुधबार, जेष्ठ १ २०७६

  • एसईई मोडल हन्ट २०१९ का प्रतियोगी प्रशिक्षणमा

    काठमाडौं – डिएम इन्टरटेनमेन्ट आयोजक रहेको सौदर्य प्रतियोगिता ‘एसईई मोडल हन्ट २०१९’का २६ प्रतियोगी अहिले प्रशिक्षणमा जुटेका छन् । बिभिन्न चरणको अडिसनबाट छानिएका ११ केटी र १५ केटी प्रतियोगी अन्तिम स्पर्धाका लागि केही सातादेखि प्रशिक्षण मार्फत आफ्नो प्रतिभा निखार्न जुटेका हुन् ।
    प्रशिक्षणका क्रममा उनीहरुले ब्यवसायिक मोडलिङका लागि चाहिने बिभिन्न प्रशिक्षकाका अलवा बिजनेश म्यान, अभिनेता अभिनेत्री, लेखक, फेसन डिजाइनर, राजनीतिक लिडर लगायत समाजका प्रतिष्ठित ब्यक्तिहरुबाट उनीहरुकै क्षेत्रको अनुभव समेत हासिल गर्नेछन् ।
    एसएलसी दिएर बिभिन्न क्षेत्रमा करियर बनाउने सोचमा रहेका र मोडलिङमा भबिश्य खोज्न चाँहनेहरुका लागि ‘एसईई मोडल हन्ट’ एउटा उपयुक्त प्लेट र्फम पनि हो ।
    समाजको जुनै क्षेत्रमा पनि सजिलै स्थापित हुन सक्ने बनाउनु प्रतियोगिताको मुख्य उदेश्य रहेको आयोजक डिएम इन्टरटेनमेन्टका सिइयो डेनी मगरले बताए । ‘मोडलिङ क्षेत्रलाई ब्यवस्थित गर्दै उद्योगको रुपमा बिकाश गर्ने कार्यक्रमको अर्काे उदेश्य हो’ मगरले भने ‘प्रतियोगितामा सिकेको ज्ञान दैनिक जीवन सहज बनाउन पनि काम लाग्ने गर्दछ ।’
    ‘एसईई मोड हन्ट’को अन्तिम स्पर्धा यही जेठ १४ गते जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना हुँदैछ । प्रतियोगितामा महिला तथा पुरुषबाट एक एक गरेर दुई शिर्ष बिजेता छानिने छ ।
    शिर्ष सहित बिभिन्न आधा दर्जन बिधामा बिजेता छानिने प्रतियोगितामा शिर्ष बिजेताले मेघा कलेजबाट उच्च शिक्षा अध्यायनका लागि फुल स्कलरसिप, बज्र ननिताज् जिमबाट ५०, ५० हजार बराबरको ६ महिनाका लागि सुबिधा लगायत बिभिन्न गिफ्ट ह्याम्पर समेत जित्न सक्ने आयोजकले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij