काठमाडौं– रुपक डोटेल र निकिता थापाको स्वरमा रहेको नयाँ गित ‘तिमि सँधै’ को भिडियो सार्बजनिक गरिएको छ । यस गीतमा दिपक जंगमको संगीत तथा दिल खड्काको शब्द रचना रहेको छ । किरण कंडेलको संगीत संयोजन रहेको गीतमा मायालुले आफ्नो मायालु प्रति समर्पित भाव व्यक्त गरिएको छ। राज खड्काले निर्देशन गरेको भिडियोमा एक जोडी मायालुको विभिन्न कृयाकलापलाइ उत्कृस्ट तरिकाले भिज्युलाईज गरिएको छ । भिडियोमा महेश खड्का र बिपना थापा लाई फिचर्ड गरिएको छ । ज्ञानेन्द्र शर्माले छायांकन गरेको भिडियोलाइ बिकाश ज्ञवालीले सम्पादन गरेका हुन् ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
