राजनितीले नभइ गित संगितले संसार चल्ने भए सिमाना र भुगोलको कुरै हुदैनथ्यो । संगीतका पारखीहरुलाई भुगोलले कतै कहिले रोक्न सकेको छ , संगितसँंगै गायकीमा स्थापीत गायक संगितकार काली प्रशाद बास्कोटाले गालामा डिम्पल पार्दै यसो भन्दै गर्दा पत्रकार सम्मेलनमा सबैले तालिले उनको स्वागत गरे । मंगलबार सिड्नीमा आयोजित पत्रकार सम्मेलनमा संगितका पारखीहरुले गित र संगितको लयमा यसको प्रवासी परिभाषा खोज्ने प्रयास गरे ।
हेभिमेटलका स्याडो नेपाल , आधुनिक गित संगितका कालीप्रशाद र नेपालीमुलका सुफी गायक पुष्पन प्रधानको बेजोड संगका रुपमा शुक्रबार सिड्नीको शार्क होटलमा आयोजना हुने लाइभ कन्र्सट साच्चीकै हेर्न लायक रहनेछ ।
अस्ट्रेलियामा रहेका सायन इन्टरटेन्ट्मेन्ट्सको आयोजना तथा बिग इभेन्ट्स, आरजी इन्टरटेन्टमेन्ट्स र कमेरोको संयुक्त पहल तथा फोर नेशन्स इन्टरनेशनलको प्रस्तुतीमा अर्को शुक्रबार अर्थात मे १० तारिखका दिन सीड्नीमा नेपाली गित संगितका माहारथीहरुको बेजोड प्रस्तुती हन लागेको हो ।
हामीले सोचेका थिएनौ काली प्रशाद दाजु र स्याडो ब्यान्डसँंग बाणी पनि एक दिन सिड्नीमा सँंगै एउट्रै मन्चमा हुन्छ भनेर तर आयोजक साथीहरुले जुन माया र सम्मान जनाइदिनुभयो त्यही हाम्रो लागि ठुलो कुरो बनेको छ,मृदुभाषि पुष्पन प्रधानले मधुर स्वरमा सुनाए ।
पुष्पन पंछी, बाबुको जुंगो, ठुल्दाजुजस्ता अहिलेका चर्चित गितका गायक अनि छोटो समयमा नेपाली दर्शकमाझ ख्याती कमाएका कलाकारका रुपमा चिनिन्छन । फरक धुन र अलग पहिचानका धनी पुष्पन नेपाली मुलका सिलुगुढी निवासी गायक हुन । लामो समय नेपाली गित संगितमा रमेका यीनले लामो संघर्षपछि नेपाली भुमिमा आफ्नो पहिचान बनाउन सफल भएका छन ।
यस्तै हिड्ने मान्छे लड्छ अनि हाम्रो नेपाल र कुन हो हाम्रो धर्म जस्ता गहिरा गितलाई रक मार्फत प्रस्तुती दिन खप्पीस स्याडो ब्यान्ड र स्वप्नील शर्माले संगितका भाषा र प्रस्तुती फरक भएपनि यसले दिने भावका बारेमा मानिसहरुमा परिवर्तन आउन नसकेको दुखेसो पोखे । रक र हेभिमेटल संगित भित्र लुकेको मर्म र परिभाषा खोतल्ने प्रयास नै गरिएन ,बल्ल बिस्तारै यसले महत्व र बजार पाउन थालेको छ । काउन्सिल अफ इन्टरनेशनल स्टुडेन्ट्स अफ अस्ट्रेलियाका अध्यक्ष विजय सापकोटाले संगित पनि जिवनको एउटा महत्वपुर्ण अंग भएकोले यसको महत्वको बिषयमा मुलुकमा बहस हुन नसकेको बताए । हाम्रा कुनै नेता कन्सर्ट हेर्न गएको मैले देखेका छैन ,त्यसैले पनि गित संगित प्रतीको उनिहरुको सोच स्पष्ट हुन्छ । सिमाना र भुगोलले रोक्न नसक्ने जिवनको अभिन्न अंग ति संगित भएकोले देशका श्रष्टाहरु आएर अस्ट्रेलियामा नेपाली गित संगित पस्कन लागेकोमा हर्ष ब्यक्त गरे । सापकोटाले भने हामी कला संस्कृतीमा निकै धनि देशका मािनश हौ तर त्यसलाई फैलाउन भने सकेका छैनौ ।
कार्यक्रममा प्रयोजकतर्फवाट एडभान्स कलेज अप हेल्थका किशोर अर्याल, आयोजक समितीको संयोजक कोमल पाठक , एनआरएनका पुर्व प्रवक्ता डा ज्ञानेन्द्र रेग्मी लगायतले यस्ता सांगितीक कर्महरुले बिदेशमा पनि नेपाली कला संस्कृतीको जर्गेना गर्न मद्दत पुग्ने बताए ।
सीडनीमा पहिलो प्रस्तुती हुने भएपनि अस्ट्रेलियाका बिभिन्न शहरहरुमा समेत यसको प्रस्तुती तय भइसकेको अस्ट्रेलिया टुरका आयोजक सायन इभेन्ट्सका गोविन्द भण्डारीले बताए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
