Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पूनम र ओभिया ‘लिटिल मिस हेरिटेज, युनिभर्स’ घोषित


  • बिहिबार, बैशाख १९ २०७६

  • पूनम र ओभिया ‘लिटिल मिस हेरिटेज, युनिभर्स’ घोषित

    काठमाडौं – ‘लिटिल मिस हेरिटेज, युनिभर्स २०१९’को उपाधि पूनम श्रेष्ठ र ओभिया भण्डारीले जितेका छन् । पुनमले सिनियर तथा ओभियाले जुनियर तर्फको उपाधि हात पारेका हुन् । विजेता दुवैलाई पुर्व विजेता प्रशम्सा रायामाझी र सरिका प्रजापतिले क्राउन लगाई दिएका थिए ।
    १४ प्रतियोगिलाई पछि पर्दै उपाधि चुमेका दुवै विजेताले नगद रु २५ हजार नगद सहित अन्तराष्ट्रिय सौदर्य प्रतियोगितामा सहभागीताको अवसरका साथै पोखरा घुम्ने प्याकेज र बिभिन्न गिफ्ट उपहारका रुपमा प्राप्त गरेका छन् ।
    डीएभी कलेज जावालाखेलको प्रेक्षालयमा बुधबार अबेर साँझ सम्पन्न प्रतियोगिताको फाइनल स्पर्धामा सिनियरतर्फ फस्र्ट रनर अप (लिटिल मिस हेरिटेज वल्र्ड) निरजला महरर्जन र सेकेण्ड रनर अप (लिटिल मिस हेरिटज नेपाल ग्लोबल) विनिता नेपाल घोषित हँुदा जुनियरतर्फ फस्ट रनर अप (लिटिल मिस हेरिटेज ग्लोबल २०१९) गरिमा रंजित र सेकेण्ड रनर अप (लिटिल मिस हेरिटज नेपाल ग्लोबल)प्रियान्सी लामा छानिए ।
    ‘परिवर्तनका लागि जेनिथ’ भन्ने मुल नाराका साथ कलिला मस्तिष्कहरुमा सकरात्मक बिकाश गराई उनिहरुको ब्याक्तित्व बिकाश र आत्मबिस्वास अभिबृद्धी गर्दै मिडिया, समाज र मुलुकका लागि कुशल नेतृत्वदायी ब्यक्ति उत्पादन गर्ने उदेश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक जेनिथ ईन्टरटेनमेन्टका कार्यकारी निर्देशक प्रमोद केसी बताए ।
    केसीले नै संचालन गरेको कार्यक्रममा अभिनेता रेश महर्जन, मिसेज टप अफ वल्र्ड नेपाल अनिला तुलाधर, मिसेज हेरिटेज नेपाल दुर्गा विसुराल, मिस हेरिटेज नेपाल अदीति श्रेष्ठ, फोटोग्राफर केरविन राजकमिका लगायत निर्णायक रहेका थिए ।
    परिक्षा विष्टको कोरियोग्राफी र सांगडीतिक तामझामका साथ आयोजित प्रतियोगिता सहभागीका लागि भबिश्य निर्माणमा जीवनभर काम लाग्ने जेनिथ ईन्टरटेनमेन्टका सिइयो विक्रम सिंह मैनालीले बताए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij