Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

रविको “प्रेम-अर्थ” बजारमा आउँंदै 


  • सोमबार, माघ १४ २०७५

  • रविको “प्रेम-अर्थ” बजारमा आउँंदै 

    गीतकार रवि मानसिंह बस्न्यातको गीति एल्बम प्रेम अर्थ नेपालका ख्याती प्राप्त गायक गायिकाहरुको स्वरमा छिट्टै बजारमा आउँदै छ । गीति एल्बम प्रेम अर्थमा ७ वटा गीतहरू समाबेश गरिएको छ । उहाँको गीति एल्बम प्रेम(अर्थमा समाबेश गीतहरू रवि मान सिंह बस्न्यातको लेखन तथा अहिलेका निकै ब्यस्त अनि चर्चित संगीतकार टीका बम्जनले संगीत दिएका छन । गीति एल्बम प्रेम अर्थमा समाबेश भएका गीतहरू देश भक्त अनि माया प्रेमलाई समेटेर निकै रमाइला डान्सिङ बिडका गीतहरू रहेको संगीतकार टीका बम्जनले बताए । नेपाली सेनाका पुर्ब मेजर बस्न्यात हाल क्यानडा रहेका छन । प्रवासमा रहे पनि नेपाली गीत संगीतलाई माया गरि एल्बमको तयारीमा रहेका बस्न्यातको पहिलो प्रयास भएपनि शब्द र संयोजन भने बेजोड रहेको संगितकार टिका बम्जन बताउछन । सेनाको जागिर छाडेर बिदेशीनु परेपनि मन भित्रको देशप्रेम र राष्ट्रियतालाई बस्न्यातले गित मार्फत प्रकट गर्न खोजेका छन । सेनामा रहँंदा संगालेको अनुभवलाई बिदेशमा बस्दा कलम मार्फत पोख्ने प्रयास गरेको हुँं । लेखक बस्न्यातले बताए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij