Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मिस एण्ड मिसेस हेरिटेज ईन्टरनेशनल नेपालको उपाधी अदिती र दुर्गाले जितिन्


  • आइतबार, पुष २९ २०७५

  • मिस एण्ड मिसेस हेरिटेज ईन्टरनेशनल नेपालको उपाधी अदिती र दुर्गाले जितिन्

    काठमाडौं– आगामी १२ फेब्रुअरी देखि १७ (अर्थात २९ माघदेखि फागुन ५) गतेसम्म सिंगापुरमा आयोजना हुने अन्तराष्ट्रिय सौदर्य प्रतियोगीता ‘मिस हेरिटेज ईन्टरनेशनल २०१९’मा नेपालको प्रतिनिधित्व अदिती श्रेष्ठले गर्ने भएकी छन् ।
    प्रतियोगीताको लागि नेपालको आधिकारीक संस्था ग्रिन आर्ट मिडियाले लाजिम्पाटस्थित शंकर होटलमा एक कार्यक्रममा बिच अदितीलाई ‘मिस हेरिटेज ईन्टरनेशनल नेपाल २०१९’को ताज पहिर्याउदै अन्तराष्ट्रिय प्रतियोगीताका लागि आधिकारीक बाटो खुल्ला गरेको हो ।
    कार्यक्रममा ‘मिसेज हेरिटेज ईन्टरनेशनल नेपाल २०१९’ दुर्गा विसुराल चुनिएकी छन् । उनले पनि सिंगापुरमा सोही समय आयोजना हुने विवाहित महिलाहरुको प्रतियोगिता ‘मिसेस हेरिटेज ईन्टरनेशनल २०१९’मा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।
    ईप्लानेट आयोजक रहेको यो अन्तराष्ट्रिय प्रतियोगिता हेरिटेज ईन्टरनेशनलको उद्धेश्य विश्वका, कला, संस्कृति, सम्पदा, पर्यटन, वातावरण र शान्तिका लागि काम गर्नु रहेको छ ।
    युनेस्कोले ऐतिहासिक र महत्वपूर्ण सम्पदा सूचिमा परेका विश्वका ४० बढी मुलुकको प्रतियोगीतामा सहभागीता रहनेछ गर्दछ ।
    २० वर्षकी अदिती श्रेष्ठ सामाजिक बिषयमा स्नातक तहमा अध्यायनरत छिन् । दुर्गा विसुरालले भने सोसीयोलोजीमा मास्टर गरेकी छन् । उनी विभिन्न व्यवसायमा समेत आबद्घ छिन् ।
    दुबै प्रतियोगी सिंगापुर व्यक्तित्व, संचार कला, आत्मविश्वास, प्रतिभा, स्टेज प्रस्तुति लगायत बिभिन्न बिषयमा प्रशिक्षण सहित उड्नेछन् । उनीहरुको प्रतिभा निखार्ने काम कोरियोग्राफर अनिला श्रेष्ठले गर्नेछिन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij