Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

गरिमा सिंहले जितिन् द डिभा नेशनल २०१८ को उपाधी


  • आइतबार, पुष ८ २०७५

  • गरिमा सिंहले जितिन् द डिभा नेशनल २०१८ को उपाधी

    काठमाडौं– काठमाडौंको गोंगबुकी गरिमा सिंह पेला द डिभा नेशनल २०१८ भएकी छिन् । बृक्ष इभेन्ट्स प्रालिले राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना गरेको पहिलो संस्करणको द डिभा नेशनलमा गरीमा निर्णायकद्वारा सोधिएको निर्णायक प्रश्नको सटिक जवाफ दिँदै उपाधि चुम्न सफल भएकी हुन्। उनी मष्ट व्युटिफुल उपउपाधि विजेता पनि भइन् ।
    गीत संगीत, जादु र नृत्य प्रस्तुतिका साथ मनोरञ्जकरुपमा अगाडि बढाइएको प्रतियोगितामा काठमाडौंको बुद्वनगरकी २१ वर्षिया सुमना घिमिरे फष्ट रनर्सअप र वेष्ट फिगर भइन् भने भक्तपुरको लुकन्थलीकी २३ वर्षिया अनु पौडेल सेकेण्ड रनर्सअपका साथमा वेष्ट पर्सनालिटी भइन्। मोडल तथा कोरियोग्राफर लभिन अन्सारीको कोरियोग्राफीमा भएको प्रतियोगितामा लमु शेर्पा मष्ट पपुलर, प्रतीक्षा महर्जन मष्ट कन्फिडेन्ट, एलेक्जीया लामा मष्ट फोटोजेनिक, रीभा कार्की मष्ट डिसिप्लेन, कल्पना तामाङ मष्ट ट्यालेन्टेड, बबिता शाह भिवर्स च्वाईस, शिक्षा नेपाल वेष्ट स्माइल, प्रविना चौहान मल्टिमिडिया च्वाईस र पुनम लिम्बु वेष्ट वाक भएका छन्। प्रतियोगितामा कुल २० युवतीले प्रतिस्पर्धा गरेका थिए ।
    बृक्ष इभेन्ट्स प्रालिबाट दिपेश कुँवरद्वारा आयोजित प्रतियोगितामा एभरेष्ट फिल्म एकेडेमीका संस्थापक विशाल श्रेष्ठ, अभिनेता मनिष राउत, फेशन डिजाइनर मिनु श्रेष्ठ र म्यानहन्ट इन्टरनेशनल २०१२ सनिष शाक्य निर्णायक रहेका थिए । आयोजक कुँवरले विभिन्न कलेजमा अध्ययनरत विद्यार्थी तथा पेशाकर्मी युवतीभित्र अन्र्तनिहित प्रतिभा प्रष्फुटनका लागि प्रतियोगिता आयोजना गरिएको र आगामी वर्षबाट प्रतियोगितालाई निरन्तरता दिने बताए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij