Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

चलचित्र आरोपको दोश्रो गीत “ए मन ” सार्वजनिक


  • सोमबार, पुष २ २०७५

  • चलचित्र आरोपको दोश्रो गीत “ए मन ” सार्वजनिक
    काठमाडौं -दिलासा क्रियसन को ब्यानर मा अमर ओलिको निर्देशनमा बनेको नेपाली चलचित्र “आरोप ”को “ए मन ” गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा र नित्याशिवा र प्रह्लाद तिमिल्सिना को आवाज रहेको छ ।
    चलचित्रको कथा लेखन लक्ष्मण सुवेदीले गरेका छन । बिजय पाठक र दिनेश राउतको निर्माण ,बिरेन्द्र भट्ट को छायांकन ,कमल राई को नृत्य ,सानू कुमार महर्जन को द्वन्द एस के अधिकारीको गीत र एस के अधिकारी र  गणेश चौधरी को संगीत ,नित्या शिवा, राजेश पायल राई ,प्रह्लाद तिमिल्सिना ,मनिषा पोख्रेल को आवाज साहिल खानको सम्पादन मा किसोर खतिवडा ,सन्चिता लुइँटेल ,रिचा थापा,उद्धव गिरी , प्रेम खड्का को अभिनय रहेको छ ।
    आरोपको रिलिज मिती माघ ११ गते नेपाल भरिका सिनेमा हलहरुमा हेर्न सकिने निमार्ण पक्षले बताएको छ र अहिले पोष्ट प्रोडक्सनको काम भै रहेको पनि बताइएको छ । युवा युवतीहरु विचको त्रिकोणात्मक प्रेम कथामा आधारित चलचित्रमा ,युवा अवस्थाको विभिन्न अवस्थालाई चलचित्रमा समेटिएको चलचित्रको निमार्ण पक्षले बताएको छ ।
    https://www.youtube.com/watch?v=DnT6afLMywo

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij