इटहरी– विकल्प एन अल्टरनेटिभ र एभरेस्ट पोलेसी इन्स्टिच्युटको संयुक्त आयोजना र समृद्धि फाउन्डेसन, एकाउन्टिबिलिटि ल्याब र एट्लस नेटवर्कको सहयोगमा ५ दिने आवसीय फिल्म मेकिंग तालिमको संचालन हुन भएको छ ।
उक्त कार्यक्रमलाइ तिन चरणमा बिभाजन गरिएको छ । पहिलो चरणमा सहभागीहरुलाई ५ दिने आवासीय तालिम दिइने छ, जसमा फिल्म बनाउने आधारभूत बिषयमा बिस्तृत जानकारी दिइने छ । दोश्रो चरणमा सहभागीहरुलाइ चार समुहमा विभाजित गरि छोटो समयको सिनेमा निर्माण गर्नको निम्ति फिल्डमा पठाइने छ भने, अन्तमा सहभागीहरुले तयार गरेको सिनेमालाइ दर्शक माझ प्रस्तुत गरिने छ ।
उक्त कार्यक्रममा सहभागी हुनको निम्ति इच्छुक आवेदकले आबेदन फर्म भर्नुपर्ने छ, जसको आधारमा २४ जना सहभागीहरुलाई तालिमको निम्ति छनौट गरिने आयोजक संस्थाले जनाएको छ ।
छनौटमा परेका सहभागीहरुले दर्ता शुल्क स्वरूप १९७५ रुपैया बुझाउनु पर्नेछ िफर्म भर्ने अन्तिम मिति यहि २०७५ पौष ५ गतेसम्म रहेको छ भने,कार्यक्रम इटहरीको युथ डेभलपमेन्ट सेन्टरमा २०७५ पौष १३ देखि १७ गतेसम्म संचालन हुनेछ । १८ बर्ष देखि २९ बर्षका युवाहरुले यस कार्यक्रममा सहभागिता जनाउन सक्नेछन् ।
उक्त कार्यक्रममा सहभागीहरुलाई फोटोग्राफी,सिनेमेटोग्राफी, स्क्रिप्ट लेखन, एक्टिंग, लाइट, साउण्ड, आर्ट डिरेक्सन, एडिटिंग, डाइरेक्टरको भूमिका आदिको बिषयमा प्रसिक्षण दिइने कुराको जानकारी बिकल्प एन अल्टरनेटिभका निर्देशक बसन्त अधिकारीले दिए ।
कार्यक्रम बारे थप जानकारीको लागि
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
