Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बिनोद पछाईंको एकल संगीत रहेको ‘अन्ली फर यु’ सार्वजनिक


  • मंगलबार, मंसिर २५ २०७५

  • बिनोद पछाईंको एकल संगीत रहेको ‘अन्ली फर यु’ सार्वजनिक

    काठमाडौं– दुर्गा प्रधानको एकल शब्द तथा बिनोद पछाईंको एकल संगीत रहेको ‘अन्ली फर यु’ सार्वजनिक भएको छ । राजधानीको बानेश्वरस्थित ईन्द्रेणी बङ्क्वेटमा उक्त एल्बम बिमोचन गरिएको हो ।
    गीतकार तथा पुर्व अर्थमन्त्री शंकरप्रसाद कोइरालाको प्रमुख आतिथ्यका साथै बिभिन्न क्षेत्रका व्यक्तिहरुको उपस्थितिमा एल्बम विमोचन गरिएको हो।
    ‘अन्ली फर यु’ एल्बममा ५ वटा गीत समावेश गरिको छ, जसमा दुर्गा प्रधानको एकल शब्द र बिनोद पछाईंको एकल संगीतमा सजिएको गीतमा बिभिन्न चर्चित गायक गायिकाहरुले आफ्नो स्वर भरेका छन् त्यसैगरी गीतको एरेन्ज भने रिदम कडेलले गरेका छन् ।

    कार्यक्रममा चर्चित गायक शिव परियारको स्वर रहेको तथा आकास श्रेष्ठ र सारा सिर्पालीद्वारा अभिनित म्युजिक भिडियो ‘रात पनि दिन हुन्थ्यो’ सार्वजनिक गरिएको थियो ।

    स्याड भर्सनको भनिएको उक्त सार्वजनिक गरिएको गीतलाइ निर्देशन भने निसान कयास्प घिमिरेले गरेका हुन् । उत्सब दाहालद्वारा खिचिएको भिडीयोको सम्पादनमा भने बिकास दाहालको रहेका थिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij