Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

क्रिसमस डेमा साहिमाले दर्शक नचाउने


  • मंगलबार, मंसिर २५ २०७५

  • क्रिसमस डेमा साहिमाले दर्शक नचाउने

     

    काठमाडौं – चर्चित गायिका साहिमा श्रेष्ठले राजधानीबासी नचाउने भएकी छन् । क्रिसमस डेको अवसर पारेर आगामी पुस १० काठमाडौ बिजनेश पार्क टेकु अवस्थित मसला कटेज एण्ड लन्चबारमा आयोजना हुन लागेको ‘क्रिसमस विथ कलाकार’ कार्यक्रममा उनले आफ्ना चर्चित गीत संगीतबाट दर्शक नचाउने भएकी हुन् ।
    मसला कटेजकै आयोजना रहेको कार्यक्रममा गायिका श्रेष्ठले तिम्रो डोला डोला हातमा, तिम्रो पिक्चर हिट, हेरेको हेरै, माथी माथी लगायत करिब दर्जन बढी फिल्म तथा एल्बमका गीत प्रस्तुत गर्नेछिन् ।
    कार्यक्रममा साहिमाको गुन्जन श्रेष्ठ, उत्तम श्रेष्ठ लगायत गायक गायिकाको समेत प्रस्तुति रहनेछ ।
    क्रिसमस डे चर्चित गायक गायिकाको लाइभ गीत संगीतसँगै मनाउने अवसर प्रदान गर्न ‘क्रिसमस विथ कलाकार’ कार्यक्रम आयोजना गर्न लागिएको मसला कटेजका प्रवन्ध निर्देशक मिलेस रायले जानकारी दिए ।
    ‘गीत संगीतको मज्जासंगै कार्यक्रममा दर्शकले कलाकारसँग पनि साक्षात्कार पाउने छन्’ रायले भने ‘दर्शक र कलाकार नजिक गराउने कार्यक्रमको मुख्य उदेश्य हो ।’
    कार्यक्रममा दर्शकले फर्माइस गरेर समेत कलाकारलाई गाउँन लगाउन सक्ने उनले खुलाए ।
    यस्तै कटेजले अग्रेजी नयाँ बर्षको अवसर पारेर डिसेम्बर ३१ मा पनि एक भब्य सांगीतिक कार्यक्रम आयोजना गर्दैछ । ‘न्य इयर इभ’ नाम राखिएको कार्यक्रममा चर्चित गायक उदय श्रेष्ठले बिभिन्न गीतसंगति प्रस्तुत गर्नेछन् । गायक श्रेष्ठको अलवा दमिोलि फाइव ब्यण्डको समेत प्रस्तुति रहेन कार्यक्रममा दर्शकले डान्स सँगै बिभिन्न खानाको पनि अनुभव लिनुसक्ने आयोजकले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij