Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नवीन कला सम्मानबाट शान्तिप्रिय, थापा, राणा र शर्मा सम्मानित


  • शनिबार, मंसिर २२ २०७५

  • नवीन कला सम्मानबाट शान्तिप्रिय, थापा, राणा र शर्मा सम्मानित

     

    काठमाडौं– विगत ६२ वर्षदेखि नेपालीकला, साहित्य तथा संस्कृतिका क्षेत्रमा क्रियाशिल संस्था नवीन कला मन्दिरले प्रसिद्ध चलचित्र पत्रकार तथा गीतकार शान्तिप्रियलाई सम्मान गरेको छ । आज काठमाडौंमा आयोजित नवीन कला सम्मान एवम् सांस्कृतिक कार्यक्रमका विच शान्तिप्रियलाई नवीन कला सम्मान गरिएको हो । वि.सं. २०१३ सालमा स्थापना भएको नवीन कला मन्दिरले आफ्नो ६२ औं वार्षिकोत्सवका अवसरमा सम्मान प्रदान गरेको हो । कार्यक्रममा प्रसिद्ध गीतकार रत्न शम्शेर थापा, प्रसिद्ध गायिका ज्ञानु राणा एवम् प्रसिद्ध अभिनेत्री शकुन्तला शर्मा सहित शान्तिप्रिय सम्मानीत भएका हुन् ।
    सांस्कृतिक जागरण हाम्रो अभियान मुल नाराका साथ अघि बढेको नवीन कला मन्दिरले गरेको यस सम्मान कार्यक्रमका प्रमुख अतिथी काठमाडौं महानगरपालीकाका मेयर विद्या सुन्दर शाक्य थिए ।
    रंग पत्रकार प्रियलाई विगत साढे दुई दशक देखि अनवरत रुपमा रंग पत्रकारिता एवं गीत लेखनका माध्यमबाट नेपालीकला संस्कृति, चलचित्र तथा गीत संगीत क्षेत्रको श्रीवृद्धिका निम्ती महत्वपूर्ण योगदान पु¥याए वापत योगदानको उच्च मूल्यांकन गर्दै सम्मान गरिएको संस्थाले बताएको छ ।
    कार्यक्रमका अध्यक्षका रुपमा संस्थाका अध्यक्ष निर्मल रिमाल थिए भने कार्यक्रमको संचालन गायक÷संगीतकार नरहरी प्रेमीले गरेका थिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij