Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

हरितारा चलचित्र पुरस्कार लय संग्रौला र रेखा थापालाई


  • मंगलबार, मंसिर १८ २०७५

  • हरितारा चलचित्र पुरस्कार लय संग्रौला र रेखा थापालाई

     

    काठमाडौं– हरितारा चलचित्र पुरस्कार, दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार तथा परिवर्तन सम्मान –२०७५ सम्पन्न भएको छ । मंसिर १७ गते बागबजार स्थित हार्दिक होटलमा सम्पन्न सम्मान समारोहमा ३ दशकभन्दा बढी समय देखि नेपाली रंगमञ्च, टेलिभिजन तथा चलचित्रका लागि संरक्षण÷सम्वद्र्धन र सन्देश मूलक टेलि चलचित्र मार्फत नेपाली जनमानसमा अनवरत सेवा पु¥याए वापत श्री लय संग्रौलालाई तथा लगभगदुई दशक देखि नेपाली चलचित्रमा आफ्नो अभिनय कला तथा पछिल्लो समय चलचित्र निर्माण र निर्देशन मार्फत नेपाली जनमानस र चलचित्र क्षेत्रको संरक्षण सम्बद्र्धनमा योगदान पु¥याए वापत श्री रेखा थापालाई हरितारा चलचित्र पुरस्कार –२०७५ सम्मान पत्र सहित जनही २५ हजार नगद राशी अन्तराष्ट्रिय टेनिश खेलाडी मायांका राणा र माहिका राणा तथा नेपाली चलचित्रकी प्रथम नायिका भुवन चन्द, प्रथम रंगीत नेपाली चलचित्रकी नायिका चैत्य देवी, प्रथम हास्य अभिनेत्री बसुन्धरा भूसालद्वारा अर्पण गरिएको छ ।

    त्यसैगरि परिवर्तन नेपालले गतसाल देखि स्थापना गरेको श्री दुर्गा देवी पुण्य निरौला स्मृति पुरस्कार – २०७५ सम्मान पत्र तथा नगद राशी जनही १० हजार सहित ३ दशक देखि नेपाली रंगमञ्च तथा चलचित्र क्षेत्रमा अनवरत योगदान पु¥याए वापत अभिनेता श्री उत्तम केसीलाई र नेपाली रंग पत्रकारिता मार्फत ३ दशक भन्दा बढी समय देखि चलचित्र क्षेत्रको संरक्षण सम्बद्र्धनमा योगदान पु¥याए वापत श्री विजय रत्नतुलाधरलाई श्रीमती सावित्री कोइरालाको हातबाट अर्पण गरिएको छ ।
    यस्तै अभिनेता निर्देशक श्री रामकाजि घिमिरे, नृत्य निर्देशक शिव विक र अभिनेत्री तथा लेखिका श्री शोभिता सिंखडालाई परिवर्तन सम्मान २०७५ बाट सम्मान गरिएको छ । पुरस्कार तथा सम्मान छनोट समितिमा लेखक÷निर्देशक मोहन निरौला, डिजाइन सुन्दर श्रेष्ठ तथा वरिष्ट चलचित्र पत्रकार÷गीतकार शान्तिप्रिय रहेका थिए ।
    हरितारा पुरस्कारका संरक्षक मनोज शम्शेर ज.ब.रा.का सुपुत्री द्वय मायांका राणा तथा माहिका राणाको सभापतित्वमा सम्पन्न समारोहमा हरितारा चलचित्र पुरस्कारका सदस्य सचिव तथा परिवर्तन नेपालका अध्यक्ष मोहन निरौलाले दुवै पुरस्कारको परिचय तथा स्वागत मन्तव्य राखेका थिए । त्यस्तै यस कार्यक्रममा वरिष्ट अभिनेत्री बसुन्धरा भुसाल तथा पुरस्कृत व्यतित्व लय संग्रौला र रेखा थापाले आफ्नो मन्तव्य राखेका थिए । निराजन भण्डारीले संचालन गरेको यस पुरस्कार अर्पण समारोहमा विभिन्न क्षेत्रका बरिष्ठ व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij