काठमाडौं । काठमाडौं जडिबुटी बस्ने झापाकी १९ वर्षीया भावना गुरूङको शनिबार बिहान बेहोस भएर मृत्यु भएको छ ।
काठमाडौं महानगरपालिका–६ बौद्ध टुसाल डेरा गरी बस्ने सर्लाही जानकीनगरका सञ्जीप लोप्चन (तामाङ) को कोठामा अचानक बेहोस भएकी भावनालाई उपचारको लागि नेपाल मेडिकल कलेज आत्तरखेलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
सञ्जीपलाई नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
