Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मिस एण्ड मिसेस ब्युटिफुल नेपालको चौथो र तेस्रो संस्करण हुने


  • शुक्रबार, मंसिर १४ २०७५

  • मिस एण्ड मिसेस ब्युटिफुल नेपालको चौथो र तेस्रो संस्करण हुने

    काठमाडौं-मिस एण्ड मिसेस ब्युटिफुल नेपालको चौथो र तेस्रो संस्करण हुने भएको छ । दक्ष इन्टरनेशनल प्रा.लि.को आयोजनामा मिस एण्ड मिसेस ब्युटिफुल नेपालको चौथो र तेस्रो संस्करण हुने भएको हो ।

    अविवाहित र विवाहित महिलाबीचको यो सौन्दर्य प्रतियोगिताको पहिलो अडिनस यही मंसिर १५ गते हुँदैछ भने फाइन माघ १२मा राजधानीमा एक विशेष कार्यक्रमबीच गरिने आयोजक सँस्थाका अध्यक्ष टेकराज पाण्डेले बताए । प्रतियोगितामा प्रथम हुनेलाई एकलाखको पुरस्कार सहित विभिन्न गिफ्ट ह्यापर पनि रहेको उनले जनाए ।

    नयाँ प्रतिभालाई मोडलिङ क्षेत्रमा भित्राएर उनीहरुलाई व्यवसायिक मोडल बनाउन मिस ब्युटिफूल नेपाल र मिसेस ब्युटिफूल नेपाल आफुहरुले आयोजना गर्दै आएको आयोजक संस्था दक्ष इन्टरनेशनलकी प्रबन्ध निर्देशक दिपा थपलियाले बताइन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij