Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव हुँदै


  • शुक्रबार, मंसिर १४ २०७५

  • नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव हुँदै

    ‘नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव २०७५’ हुने भएको छ। नेपालमा सक्रिय आठ नाट्य समूहको सहकार्यमा महोत्सव आयोजना हुन लागेको हो।

    ‘सामाजिक रुपान्तरणका लागि कलात्मक यात्रा’ नारासहित महोत्सव फागुन १३ देखि २० सम्म हुनेछ। महोत्सवको उद्देश्य सामाजिक समानता र सद्भावलाई बढुवा दिनुका साथै रंगमञ्चको माध्यमबाट सामाजिक विषयमा काम गर्नु हो।

    साथै, अन्तर्राष्ट्रियस्तरमा सांस्कृतिक आदानप्रदान गरी कलाकारलाई प्रेरित गर्नु रहेको आयोजकले जनाएको छ।

    आठ दिनसम्म चल्ने यो महोत्सवमा करिब ३० वटा स्वदेशी तथा विदेशी नाटक मञ्चन गरिनेछन्। आयोजकका अनुसार राजधानीस्थित सर्वनाम थिएटर (कालिकास्थान), मण्डला नाटकघर (अनामनगर), कौसी थिएटर (टेकु), गोठाले नाटकघर (बत्तीसपुतली) र थिएटर मल (कीर्तिपुर) मा हरेक दिन फरकफरक नाटक मञ्चन हुनेछन्।

    महोत्सवमा नाट्य प्रस्तुतिसहित विविध सांस्कृतिक झाँकी, नाटककमा फोटो प्रदर्शनी, दैनिक अन्तर्क्रिया, कवितावाचन, चित्रकला प्रदर्शनी, रंगकर्मीलाई सम्मान र पुरस्कार पनि वितरण गरिने छ।

    नेपाली नाटक क्षेत्रमा काम गर्न चाहने दुई रंगकर्मी/अनुसन्धातालाई नगद १ लाख पनि दिइने छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij