Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन हुने


  • मंगलबार, साउन ५ २०८३

  • ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन हुने

    काठमाडौं – प्रधानमन्त्रीले वालेन्द्र शाह स्वदेशी कच्चा पदार्थमा आधारित तयारी पोसाक उद्योग (टेक्सटाइल)को विकास र विस्तारमा सरकारले पूर्ण सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग भएको छलफलमा उहाँले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत रहने गरी ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन गर्न तथा रुग्ण उद्योग तुरुन्त सञ्चालन गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन पनि दिनुभयो।

     

    तयारी पोसाक उद्योग प्रवद्र्धनका लागि ‘ग्रिन गार्मेन्ट भिलेज’ निर्माण गर्नुपर्ने सम्बन्धी पदाधिकारीले राखेको मागबारे सकारात्मक हुँदै प्रधानमन्त्री शाहले पोसाक निर्यात प्रवद्र्धनका लागि देखापरेका सबै खाले समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको पनि बताउनुभयो।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij