Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कालंगा हाइड्रोको आईपीओ बाँडफाँट


  • बुधबार, जेष्ठ २७ २०८३

  • कालंगा हाइड्रोको आईपीओ बाँडफाँट

    काठमाडौं– कालंगा हाइड्रो लिमिटेडको आईपीओ बाँडफाँट जेठ २७ गते भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा आज उक्त कम्पनीको आईपीओ बाँडफाँट भएको हो।
    कम्पनीले गत जेठ ८ गतेदेखि १३ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २८ करोड ७० लाख रुपैयाँबराबरको २८ लाख ७० हजार कित्ता शेयर निष्काशन गरेको थियो। सो निष्काशनमा कुल २९ लाख १ हजार ९२४ जनाले ३ करोड १५ लाख ९२ हजार २५० कित्ता शेयर खरिदका लागि आवेदन दिएका थिए। जसमध्ये २८ लाख ६० हजार ७६६ जनाको आवेदन स्वीकृत भएको छ भने बाँकी आवेदन रद्द भएका छन्।

    मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ। जसअनुसार २ लाख ८७ हजार जनाले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij