Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेप्से सामान्य अंक बढ्यो


  • आइतबार, चैत्र १ २०८२

  • नेप्से सामान्य अंक बढ्यो

    काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.४५ अकंले बढेर २८२४.९० बिन्दुमा कायम भएको छ । आज ३५० कम्पनीको ३ करोड ९५ लाख ४९ हजार कित्ता शेयर किनबेच हुँदा १४ अर्ब ३२ करोड ९६ लाख रुपैयाँको कारोबार भएको हो ।

    यसदिन ९ उपसूचक भने घटेको छ । आज होटल तथा पर्यटन समूहको ०.६२ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ०.५४ प्रतिशत, जीवन बीमा समूहको ०.४६ प्रतिशत र म्युचुअल फण्ड समूहको ०.२५ प्रतिशतले शेयर मूल्य बढेको हो ।
    आइतबार १२४ कम्पनीको शेयर मूल्य बढेको छ भने १३० कम्पनीको घटेको छ । ९ उपसूचक भने स्थिर रहेको हो ।

    आज सबैभन्दा धेरै ग्रिन लाइफ हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ८१ करोड १ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij