१। राज्य (राजनीतिक नेतृत्व) ले प्रतिशोध साँध्न भरमग्दुर प्रयास गर्दागर्दै पनि अस्ति जिल्ला अदालत, काठमाडौँले मलाई न्याय दिएको छ, यद्दपी लामो कानूनी प्रकृया बाँकी नै छ। केही समयअघि बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतले त्यसैगरी न्याय दिएको थियो। म न्यायलयप्रति आभारी छु। निर्दोषहरूले न्याय पाउने नैसर्गिक अधिकारमा राजनीतिको छाया कहिल्यै नपरोस्। न्यायलय सदा स्वतन्त्र रहोस् – यही कामना गर्दछु।
२। ५० दिनको हिरासत बसाइ र त्यसपछि एक महिनाको असहज स्थितिपछि म अहिले सामान्य अवस्थामा फर्किएको छु। यी कठिन दिनहरूमा मलाई निस्वार्थ ढङ्गबाट आत्म विश्वास दिने, साथ र समर्थन दिने देश-विदेशमा रहेका सम्पूर्ण नेपालीप्रति मैले जति आभार प्रकट गरे पनि पुग्दैन। सशक्त अधिवक्ताहरूको दरो र निस्वार्थ साथ नभइदिएको भए आजको स्थिति संभव हुने थिएन। सबैलाई नमन गर्दछु!
३। अब म सबैसँग सामान्य अवस्थामा जस्तै सम्पर्कमा रहने नै छु। ५० दिनको हिरासत बसाइमा ३५ वटाभन्दा बढी कविता लेखेको रहेछु। तीमध्यै कुनैकुनै सामाजिक सञ्जालमा प्रेषित गर्ने नै छु।
४। कम्तिमा ३० वर्षपछिको नेपाललाई मनन गरेर देशको दिर्घकालीन हित र समग्र रूपान्तरणप्रतिको मेरो अटल विश्वास र दृढतामा कुनै कमी आएको छैन।
५। भावी कानुनी संघर्षमा पनि न्यायलयबाट न्याय पाउनेछु भन्नेमा विश्वस्त छु। सबैप्रति पुन: एकपटक आभार प्रकट गर्दछु!
आजलाई यत्ति नै।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
