काठमाडौं – राजनितिक विश्लेषक एवं माओवादीका पूर्वनेता मुमाराम खनालले अध्यक्ष पुष्पकमल दाहाल प्रति कटाक्ष गरेका छन । उनले दाहाल प्रति टिप्पणी गर्दै लेखेका छन :
आज राजावादी राप्रपाका नेताहरू समेत गिरफ्तार हुँदा मेरो मनमा खेलेको कुरा-
कथित क्रान्तिको नाममा हजारौंलाई शहिद बनाउने र लाखौंलाई जेल, यातना र अंगभंग बनाउने पुष्पकमल दाहाल भने जीवनमा न त एक दिन जेल गए न कहिल्यै पुलिसको एक थप्पड खाए। उनी मात्र होइन, उनको कुनै पनि परिवारको सदस्यले एक थप्पड पनि खाएको इतिहास छैन।
दाहाल धेरै ‘भाग्यमानी’ नेता हुन्।’ के थाहा, उनको भाग्यमा नागरिककै थप्पड खान लेखेको छ कि! 😀
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
