Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

फिल्म ‘सारंग’ को टिजर सार्वजनीक


  • शुक्रबार, पुष २६ २०८१

  • फिल्म ‘सारंग’ को टिजर सार्वजनीक

    काठमाडौं- निर्देशक प्रशान्त तामाङको फिल्म ‘सारंग’ को टिजर बिहीबार ओएसआर डिजिटलबाट सार्वजनीक गरिएको छ । माघ २५ गतेदेखि देशब्यापी प्रदर्शनमा आउने फिल्मको झण्डै एक मिनेट लामो टिजरमा बाबुआमाको मतभेदले बच्चामा पर्ने असर,साथीसाथीबीचको प्रेम र समर्पणको बिषय प्रस्तुत गरेको देखिन्छ । टिजरमा शहरिया जीवनशैली र आपसी सम्बन्धलाई निकै सुन्दर तवरले उजागर गरेको पाइन्छ ।
    कोरियोग्राफरको रुपमा परिचीत निर्देशक तामाङ स्वयम्को लेखन रहेको फिल्ममा ऋचा शर्मा,उत्पल झा,समीर मणि दीक्षित,सुरज तमु,मणि के राई,अनिषा न्यौपाने,निरज ब्ल्याक,बिश्व स्याङ्बो,दीपीका थापा,सुमन सागर जंग केसी,प्रभात श्रेष्ठका साथमा बालकलाकार द्वय सम्राट थापा र आदित्य कार्कीले अभिनय गरेका छन् । निर्देशक तामाङले फिल्ममा बाल मनोबिज्ञान, बालअधिकार, धनी र गरिब परिवारबीचको खाड्लको यथार्थ कथा देखाएको बताउने गरेका छन् ।
    दर्शन बुद्ध फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मको निर्मातामा प्रेम तामाङ र फूलमाया तामाङ छन् । पुष्पा लिम्बू र बिनु गुरुङ सहनिर्माता रहेको फिल्मका गीतमा शंकर थापा ‘स्माइल’ र नकुल कार्कीको संगीत,डिपी खनालको गीत र सुष्मा राईको कोरियोग्राफी रहेको फिल्मको डिओपी गोपाल राय हुन् । मित्र डि गुरुङले सम्पादन गरेको फिल्म स्टेशन ५ ले बितरण गर्दैछ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij