Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बेलायतका मन्त्री र सांसदलाई बाढी पिडितलाई सहयोग वृद्धि गर्न आग्रह


  • मंगलबार, भाद्र २३ २०८३

  • बेलायतका मन्त्री र सांसदलाई बाढी पिडितलाई सहयोग वृद्धि गर्न आग्रह

    आर के त्रिपाठी बेलायतबाट

    नेपाल र नेपालीको दुःखमा बेलायती सांसद Gareth Thomas and Foreign secretary Rt Hon’b Ed Miliband(Rt Hon’b Ex Climate change and net zero secretary,Labour Party UK ex- leader)को साथ/
    बेलायतका माननीय सांसद,पूर्व अन्तर्राष्ट्रिय विकास तथा सहायता मन्त्री एवं पूर्व उद्योग, व्यापार तथा वाणिज्य मन्त्री Gareth Thomas ले नेपाल र नेपाली प्रति देखाउनु भएको सद्भाव र सहयोगप्रति हार्दिक धन्यवाद।

    Foreign secretary Rt Hon’b Ed Milliband MP ले नेपाल र नेपाली प्रति देखाउनु भएको सद्भाव र सहयोग प्रति हार्दिक धन्यवाद।

    नेपालमा आएको विनाशकारी बाढीले जनजीवनमा पुर्‍याएको अपूरणीय क्षति र हजारौँ नेपाली परिवारले भोगिरहेको पीडाप्रति हामी गहिरो दुःख र चिन्ता व्यक्त गर्दछौँ।

    यस्तो कठिन र संवेदनशील घडीमा Foreign secretary Rt Hon’b Ed Milliband MP, माननीय Gareth Thomas MP, बेलायती सांसद तथा पूर्वमन्त्रीले नेपाल र नेपाली जनताको दुःखप्रति ऐक्यबद्धता जनाउँदै बेलायत सरकारबाट नेपालका बाढी पीडितहरूका लागि थप मानवीय सहायता र सहयोग उपलब्ध गराउनुपर्ने आवश्यकतालाई उठाउनु भएकोमा हार्दिक आभार व्यक्त गर्दछौँ।

    विपत्तिको समयमा एउटा जिम्मेवार र संवेदनशील आवाजले ठूलो अर्थ राख्छ।नेपालका पीडितहरूको आवाजलाई बेलायतको संसद् र सरकारसमक्ष पुर्‍याउनु केवल राजनीतिक अभिव्यक्ति होइन—यो मानवीयता, मित्रता र अन्तर्राष्ट्रिय ऐक्यबद्धताको उदाहरण हो।

    आज नेपाललाई केवल सहानुभूतिको शब्द होइन,ठोस मानवीय सहायता,राहत, पुनर्स्थापना र दीर्घकालीन पुन-र्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक छ।त्यसैले बेलायत सरकारसँग नेपालका प्रभावित समुदायहरूको तत्कालीन आवश्यकता सम्बोधन गर्न थप सहयोग प्रदान गर्न तथा अन्य अन्तर्राष्ट्रिय साझेदार राष्ट्रहरूलाई समेत नेपालका लागि सहयोगको हात बढाउन हामी हार्दिक अपिल गर्दछौँ।

    हामी विश्वास गर्दछौँ—नेपाल र बेलायत बीचको मित्रता केवल कूटनीतिक सम्बन्धमा सीमित छैन,यो मानवता,पारस्परिक सम्मान र कठिन समयमा एक अर्काको साथमा उभिने साझा प्रतिबद्धतामा आधारित छ।

    माननीय Gareth Thomas MP लाई नेपालको दुःखलाई आफ्नो आवाज बनाउनु भएकोमा विशेष धन्यवाद।उहाँको पहलले नेपालका पीडित परिवारहरूका लागि थप सहयोग जुटाउन र अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षित गर्न महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने हाम्रो विश्वास छ।

    प्राकृतिक विपत्तिले नेपालीहरूको घर भत्काउन सक्छ,तर हाम्रो आशा र हिम्मत भत्काउन सक्दैन।
    आज आवश्यकता छ—एकताको,सहकार्यको र मानवताको।

    आउनुहोस्,नेपालका बाढी पीडितहरूको साथमा एकजुट भएर उभिऔँ।नेपालका लागि आवाज उठाऔँसहयोग जुटाऔँ।आशा जगाऔँ।
    नेपालको दुःखमा संसारको साथ होस्।बेलायतबाट थप मानवीय सहयोगको हात बढोस्।मानवताको जित होस्।

    बेलायतको पूर्वमन्त्री,माननिय सांसद Gareth Thomas ले राख्नु भएको विषय जस्ताको तस्तै तल राखि दिएको छु :

    नेपालमा बाढी तथा Flash Flood का कारण ठूलो जनधनको क्षति भएको खबर प्राप्त हुनासाथ मैले बेलायतको संसदमा तत्काल विषय उठाएँ। त्यस दिन संसदमा उपस्थित बेलायतका विदेशमन्त्री तथा मेरा अत्यन्त नजिकका मित्र Rt Hon Ed Miliband लाई भेटेर नेपालको अवस्थाबारे जानकारी गराउँदै तत्काल आवश्यक सहयोग उपलब्ध गराउन आग्रह गरेँ।

    त्यसपछि पनि मैले Hamish Falconer, MP (Minister of State, Cabinet Office तथा European and intergovernmental relations सम्बन्धी जिम्मेवारी) र Kirsty McNeill, MP (Minister of State for International Development),
    Baroness Rosie Winterton,जो एशिया–प्रशान्त क्षेत्रसम्बन्धी जिम्मेवारी हेर्ने बेलायत सरकारकी मन्त्री हुनुहुन्छ,लगायत सम्बन्धित मन्त्रीहरूसँग भेट गरी लगायत सम्बन्धित नेपालका बाढी पीडितका लागि बेलायत सरकारले प्रदान गर्ने सहयोग थप बढाउन आग्रह गरेको छु।

    नेपाल र नेपाली जनताको दुःखमा म सदैव साथमा छु। यसअघि बेलायतको अन्तर्राष्ट्रिय विकास तथा सहायता मन्त्रीको जिम्मेवारीमा रहँदा पनि मैले नेपाललाई बेलायतबाट प्राप्त हुने सहयोग बढाउन पहल गरेको थिएँ।

    सन् २०१५ को विनाशकारी भूकम्पका बेला नेपाली जनताको पीडा र क्षतिको प्रत्यक्ष अवलोकन गर्न तथा नेपाली दाजुभाइ–दिदीबहिनीप्रति सहानुभूति प्रकट गर्न म स्वयं नेपाल गएको थिएँ।

    मेरा मित्र आर के त्रिपाठी जी ले मलाई निरन्तर संपर्क गरि नेपाललाई थप सहयोग गर्न बेलायत सरकारमा Campaign गरि दिन बारम्बार भनिरहनु भएको छ/म सँग निरन्तर बौद्धिक तथा रचनात्मक सहयोग गरिरहनु भएका आर. के. त्रिपाठी जीलाई पनि मैले गरेका पहल तथा प्राप्त भएका सबै जानकारी बारे निरन्तर अपडेट गराउँदै आएको छु।

    माननीय सांसद Gareth Thomas and Foreign secretary Rt Hon’b Ed Milliband MP ले भन्नु भएको छ:ढुक्क हुनुहोस्,म नेपाल र नेपालीको दुःखमा सदैव साथमा छु।

    दुःखको घडीमा बेलायतको संसद भित्र नेपाल र नेपालीको आवाज उठाउनु र “तिमीहरू एक्ला छैनौ” भन्ने अनुभूति दिलाउनु नै नेपाल प्रतिको उहाँको गहिरो प्रेम र सद्भावको ठूलो प्रमाण हो।

    Foreign secretary Rt Hon’b Ed Milliband MP and माननीय सांसद Gareth Thomas लाई हार्दिक धन्यवाद। तपाईं साँच्चिकै Legend हुनुहुन्छ।

    R K Tripathi from London writes-Every day, every hour,every minute,every second praying and paying tribute to Nepal flash flood victims.

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij