Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति


  • बिहिबार, फाल्गुन २८ २०८२

  • यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति

    शक्ति गिरी

    काठमाडौं – वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ३.२५ प्रतिशत रहेको छ । कुल विदेशी विनिमय सञ्चिति ३३ खर्ब २ अर्ब ६६ करोड रहेको छ । अमेरिकी डलरमा उक्त सञ्चिति २२ अर्ब ७६ करोड पुगेको छ । यस्तो सञ्चिति १८.० महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ ।

    चालु खाता रु.४ खर्ब ९३ अर्ब ७८ करोड र शोधनान्तर रु.५ खर्ब ७२ अर्ब ७३ करोड बचतमा रहेको छ । विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ३९.८ प्रतिशतले र अमेरिकी डलरमा ३३.० प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको माघ महिनाको विप्रेषण आप्रवाह रु.१ खर्ब ९८ अर्ब ८ करोड रहेको छ ।

    निर्यात ३२.२ प्रतिशतले र आयात १३.६ प्रतिशतले बढेको छ । नेपाल सरकारको खर्च रु.८ खर्ब ०१ अर्ब ३७ करोड र राजस्व परिचालन रु.६ खर्ब ६५ अर्ब २ करोड रहेको छ ।

    विस्तृत मुद्राप्रदाय ५.९ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १४.२ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन ६.० प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जा ४.० प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १४.९ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ६.८ प्रतिशत रहेको छ । बैंक तथा वित्तीय संस्थाहरूबीचको भारित औसत अन्तरबैंक दर २.७५ प्रतिशत र ९१– दिन अवधि भएको ट्रेजरी बिलको भारित औसत ब्याजदर २.४५ प्रतिशत रहेको छ ।

    वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ३.५१ प्रतिशत र कर्जाको भारित औसत व्याजदर ७.० प्रतिशत रहेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij