काठमाडौं – नेपाल प्रहरीले राजावादी आन्दोलनकाजन कमाण्डर दुर्गा प्रसाई झापाको भद्रपुरमा पक्राउ परेको जनाएको छ । विहिवार उनले आसाम प्रहरी सामु आत्मसमर्पण गरेका थिए । विहिवार नै संचार माध्यमहरुमा प्रसाई पक्राउ परेको समाचार सार्वजनिक भएको थियो । तर नेपाल प्रहरीले विज्ञाप्ती जारी गरेर उनी पक्राउ नपरेको जनाएको थियो । नेपाल र भारत विच व्यक्ति पक्राउ गरेर हस्तान्तरण गर्ने सुपुर्दगी सन्धि नभएकाले भारतमा पक्राउ गरी नेपाल ल्याइए पनि सिमावर्ती जिल्लामा पक्राउ परेको भन्ने प्रचलन छ ।

""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
