Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मेयर बालेन्द्र साहका स्वकीय सचिव भूपदेव माथी हदै सम्मको कारवाही माग


  • बिहिबार, चैत्र २८ २०८१

  • मेयर बालेन्द्र साहका स्वकीय सचिव भूपदेव माथी हदै सम्मको कारवाही माग

    काठमाडौं – काठमाडौं महानगर पालिकाका पाँचवटा कर्मचारी संगठनहरुले मेयर बालेन्द्र साहका स्वकिय सचिव भुपदेव साह माथी हदै सम्मको कारवाही माग गरेका छन ।

    ज्ञापन पत्र बुझाउँदै उनीहरुले भनेका छन – ‘बिहिवार, २१ गतेको घटना पछि प्रमुखको स्वकीय सचिवको नाममा सचिवालयका कर्मचारीले आचरण विपरित अनाधिकृत ढंगले सार्वजनिक सञ्चार माध्यममार्फत उपप्रमुखज्यु, वडाध्यक्षज्यु लगायतका सम्मानित व्यक्तिहरु समेतलाई लाञ्छित गर्ने प्रयास गर्दै कर्मचारीको आचरण उल्लघंन गरेको हुँदा निजलाई कानून बमोजिम हदैसम्मको कारवाही गरियोस्,’

    चैत्र २१ गते प्रमुख प्रशासकिय अधिकृत सरोज गुरागाईलाई कार्यालय प्रदेश गर्न अवरोध गरे पछि नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई समेत निलम्बन गर्न माग गरिएको छ ।

    यो पनि

    महानगर प्रहरी प्रमुख पाण्डेलाई निलम्बन गर्न पाँच कर्मचारी संगठनको अल्टिमेटम

    सोहि घटना पछि बालेन्द्रका स्वकिय सचिव साहले उपमेयर सुनिता डंगोल, बडा अध्यक्षहरु र कर्मचारी लाई समेत भ्रष्टाचारीको पक्षमा लागेको भन्दै कारवाहीको भागीदार हुने भन्दै चेतावनी दिएका थिए ।

    उनीहरुले मेयरको सचिवालयका नाममा कानुनले नचिनेका मेयरका सचिवालयका सल्लाहकार र कर्मचारी समेत हटाउँने माग गरेका छन ।

    ज्ञापन पत्रमा स्थानीय तह कर्मचारी युनियनका अध्यक्ष नरबहादुर साउद, स्थानीय तह कर्मचारी संघका महासचिव शम्भु बराल, महानगर कर्मचारी परिषद्का अध्यक्ष उत्तम घले, यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष मचाबाबु मलाकार र वातावरण तथा सरसफाइ श्रमिक संघकी अध्यक्ष रमिला पराजुलीले हस्ताक्षर गरेका छन् ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij