महानगर प्रहरी प्रमुख पाण्डेलाई निलम्बन गर्न पाँच कर्मचारी संगठनको अल्टिमेटम

काठमाडौं – काठमाडौं महानगर पालिकाका पाँचवटा कर्मचारी संगठनहरुले महानगर प्रहरीका प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन गरी छानविन गर्न माग गरेका छन ।
ज्ञापन पत्र बुझाउँदै उनीहरुले भनेका छन – ‘चैत २१ गते महानगर प्रहरी बलका प्रमुखको अगुवाइमा भएको कार्यालयको मर्यादा विपरितका अनुशासनहीन गैह्रकानूनी, अमर्यादित एवं अनपेक्षित घटनाका बारेमा सत्यतथ्य पत्ता लगाई दोषीलाई हदैसम्मको कारवाही गर्न तीन दिनभित्र अधिकार सम्पन्न छानबिन समिति गठन गरी जिम्मेवारी दिइयोस्’,
चैत्र २१ गते प्रमुख प्रशासकिय अधिकृत सरोज गुरागाईलाई कार्यालय प्रदेश गर्न अवरोध पुऱ्याईएको घटनाको छानविन गर्न समिति गठन गर्न समेत माग गरिएको छ ।
उनीहरुले मेयरको सचिवालयका नाममा कानुनले …