Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बीमा प्राधिकरणमा रोजगारीको अवसर


  • शुक्रबार, पुष १९ २०८१

  • बीमा प्राधिकरणमा रोजगारीको अवसर

    काठमाडौं – नेपाल बिमा प्राधिकरणले पदपूर्तिका लागि कर्मचारी माग गरेको छ । प्राधिकरणले कार्यक्षमताको मूल्याङ्कन र आन्तरिक प्रतियोगिताद्वारा बढुवा र खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्ने गरी आवेदन खुलाएको छ।

    यसमा योग्य तथा इच्छुक व्यक्तिले माघ १८ गतेसम्म र दोब्बर दस्तुर तिरेर माघ २५ गतेसम्म आवेदन दिन सक्नेछन्। अनलाइनमार्फत आवेदन दिन सकिने पनि प्राधिकरणले जनाएको छ ।

    नेपाल बिमा प्राधिकरणले कार्यक्षमताको मूल्याङ्कनद्वारा कार्यकारी निर्देशकमा १ जना, निर्देशकमा ४ जना, उपनिर्देशकमा ३ जना र उपनिर्देशक (कानून)मा २ जनाको बढुवा गर्ने र आन्तरिक प्रतियोगिताद्वारा उपनिर्देशक पदमा १ जनाको बढुवा गर्ने जनाएको छ।

    त्यसैगरी खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्ने गरी १४ जनाको लागि दरखास्त आह्वान गरेको छ। प्राधिकरणले सहायक निर्दशकमा ५ जना, सहायक निर्देशक (कानून) मा ५ जना र सहायक प्रथममा ४ जनाका लागि आवेदन खुलाएको हो।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij