Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

आर के त्रिपाठी लेख्छन्- ‘सरकारलाई अलमलिने छुट छैन, केहि महिना काम गर्न समय दिऔं’


  • बिहिबार, साउन ३ २०८१

  • आर के त्रिपाठी लेख्छन्- ‘सरकारलाई अलमलिने छुट छैन, केहि महिना काम गर्न समय दिऔं’

    आर के त्रिपाठी लेख्छन्-

    एउटा गुण्डागर्दीको पृष्ठभूमिबाट आएको युवा त बि पी कोइरालाको जिवनी,सत्य र प्रजातन्त्र प्रतिको निष्ठा,सादगी जिवन,विकाश प्रतिको सोच,गाउँको विकाश गर्ने सोच,कानुनको अगाडी सबै बराबर,आम समस्या संवोधन गर्न राष्ट्रिय सहमती भन्ने विपी कोइरालाको सोच लाई पढेर बुझे पछि सत्य बोल्ने र अरूको भलो गर्ने सत्कर्ममा लाग्छ भने बाँकी मानिसले उनलाई पढे,बुझे भने त्यसले समाजलाई कसो अघि नबढाउला।

     

    विपी कोइराला भारतमा गान्धी जस्तै असाधारण आदरणीय श्रद्धेय नेता थिए।कुनै दिन भारतमा गान्धी पुजीय जस्तै नेपालमा र भारतमा पनि विपी कोइराला पुजिनु हुन्थ्यो।

     

    आजकाल परिस्थिती फेरिएको छ।धर्म र जातको नाम बाट शाषन हात पार्न नयाँ नयाँ परिवेश उत्पन्न भएका छन्।यसको पछिल्लो उदाहरण भारतको राजनिती हेरे हुन्छ।

     

    ती गान्धी,जसको प्रेरणा र पथ प्रदर्शनका बलमा अमेरिकामा मार्टिन लुथर किङले अश्वेतहरूको अधिकार स्थापित गरे,जसले देखाएको बाटो हिँडेर नेल्सन मन्डेलाले दक्षिण अफ्रिकाको नश्लभेदी श्वेत शासनको अन्त गरे र विना रक्तपात लोकतन्त्र स्थापित गरे,उनै गान्धीलाई मोदी वा भाजपाले कसरी एक आतंककारी सित तुलना गर्दै हिंडिरहेछ?

     

    नेपालमा पनि यत्रो संघर्ष,कुटपिट,जेल चलान, सर्वस्वहरण,देश निकाला,निर्वासन खेपेका विपी कोइरालाले स्थापना गरेको पार्टि नेपाली कांग्रेस पार्टी प्रती किन लगातार प्रहार भइरहेको छ?चाहे धर्मको नाममा,चाहे जातको नाममा।यो कुरा हेक्का राख्न जरूरी छ।

     

    यि सब जसरि पनि सत्ता हात पार्नु पर्दछ भन्ने नियतले धर्मको,जातको नामबाट जनता भड्काई भोट तान्न भएको छ।

     

    शाषकहरु सत्ता जोगाउन एक पछि Issue ल्याई रहन्छन्।विशाल भुगोल भएको रुसले किन Crimea खायो ?त्यसै गरि रुसले किन Ukraine माथी आक्रमण गर्नु पऱ्यो?यसको सब कारण शाषन असफल थियो।जनताको ध्यान यो असफलता छोप्न अन्यत्रै मोड्नु पर्ने थियो।किन बेला बखत मात्र चुचे नक्साको कुरा उठ्दछ ?किन चुचे नक्साको कुरा आजकाल चुपचाप छ ?यि कुरा गहिरोसंग बुझ्न जरुरी छ।

     

    प्रचण्डले धोका दिए।ढुले मुले भए।छलछाम गरे।राष्ट्रको लागी उनले काम गर्न सकेनन्। उनी असफल भए।हटाईए। हिजो हामी कांग्रेसले प्रतिगमनकारी भनेको एमाले नेता केपी ओलीलाई हामीले प्रधानमन्त्री बनाएका छौं। यसको मतलब हिजो हामीले भनेको प्रतिगमनकारी भनेको गलत हो त ? यसको उत्तर चाहिं कांग्रेसले अब बैचारिक र सैद्धान्तिक रूपमा खोज्न सुरु गर्नु पर्दछ।

     

    मलाई लाग्दछ सरकार समझधारी अनुसार चल्छ।केपी वली पछि कांग्रेसको पालो। कांग्रेसको प्रधानमन्त्री हुनेछन्। म शंका त गर्दिन तर विगत हेर्दा २ बर्ष पछि कांग्रेसलाई सत्ताको नेतृत्व हस्तान्तरण गर्ने बेला विगतमा भएका छलछाम जस्तै त्यो बेला केपी वलीले छलछाम गरे भने हामीले के भन्छौं त ? यतातिर चाहिं कांग्रेस चनाखो हुनु पर्दछ। यो भनि रहँदा मैले कांग्रेस एमाले सहकार्यको विरोध चाहिं गरि रहेको छैन। यो सरकारलाई सहयोग गर्नु नै पर्दछ। तर एउटाले अर्कोलाई ठगेर,झुक्काएर,अलमलाएर,चिप्ला कुरा गरेर सत्ता हात पार्ने जुन डरलाग्दो,कहालीलाग्दो रोग पसेको छ,त्यस लाई चाहि फाल्नु पर्दछ। सतर्क हुनु पर्दछ।

     

    अहिलेको संवैधानिक व्यवस्था अनुसार यो निर्वाचन प्रणालीले कसैको बहुमत आउँदैन। यो संसोधन गर्न नयाँ गठवन्धन भएको हो।यदि यो गठबन्धनले पनि संविधान संसोधन गरि निर्वाचन प्रणाली परिवर्तन गर्न सकेन भने त्यस पछि आउने परिस्थिती अझै खराब हुन्छ।यता तर्फ काँग्रेसले ध्यान दिनु पर्दछ।अर्को तर्फ २ बर्ष पछि नेपाली कांग्रेस पार्टी संग सत्ताको नेतृत्व आउँदा अरुको नेतृत्वमा भन्दा कांग्रेसको नेतृत्वमा देश,जनता,संवृद्धि र विकाशको पक्षमा के फरक हुन्छ त ? भनि आज देखि तयारी हुनु पर्नेछ। आज जे छ,त्यो भन्दा फरक हामी के दिन सक्छौं त देश र जनता लाई ? यदि २ बर्ष पछि सत्ताको नेतृत्व आयो भने ? यता तिरै कुनै नेता कार्यकर्ताको आजै देखी ध्यान जानु पर्ने देखिन्छ/

     

    एउटा नाथे दुर्गा प्रसाईं देशको कुना कुनामा जाँदा किन दशौं हजार मानिस जम्मा भईरहेछन् ? यि सब हुनुमा हाम्रो यथास्थितीको नेतृत्व वा विगतको राज्य शाषन भित्र अन्योल,बेरोजगारी, कुशाषन अपारदर्शिता,आर्थिक मन्दी,कम उत्पादन कम उद्योग,भष्टाचार,अपारदर्शिता,ति पुरानै असफल मन्त्री,प्रधान मन्त्री शाषनमा पटक पटक दोहरिनु,नयाँ अनुहार दिन नसक्नु होइन र?

     

    पटक पटक आईरहने काण्डै काण्ड,निर्णायमा नपुगी छोपिने सेलाउने काण्डबारे हामीले कहिले चर्चा गरि रहेका छौ ?

     

    ऊ बेला गोलीले विचार मार्न सक्दैन थियो।तर अब युग नै फेरिएको छ र पुरानो युगमा मान्यताहरू अब भत्किसकेका छन्। अब गोलीले नभए पनि सूचना-प्रविधिको प्रयोग गरेर विचार मार्नु पनि सम्भव भएको छ।

     

    भारतको सत्ता संस्थापनले किन सुनियोजित रूपमा गान्धीको दानवीकरण र गोड्सेको देवत्वकरण गरिरहेको छ ? यो कुरा राम्रोसंग नेपालको कांग्रेसी नेता कार्यकर्ताहरुले बुझ्नु पर्दैन?

     

    नयाँ सरकारले पनि खासै आशा भरोसा दिन सकेन र यहि अवस्था रहि रहे हामी खस्कान्छौ भन्दा हामीलाई मुर्ख ठान्ने कांग्रेसी नेता कार्यकर्तालाई के भन्ने ? म संग उत्तर छैन।

     

    नयाँ सरकार आएको छ। पर्ख,हेर,नियाल, सल्लाह देउ,सतर्क बन र गलत कामको विरोध गरको रणनितीमा कांग्रेस जानु पर्दछ। यो सरकारलाई अलमलिने छुट छैन।केहि महिना काम गर्न समय दिऔं। सहयोग गरौं। विरोध नगरौं। कम्तिमा ६ महिना पछि मात्र धारणा बनाउँदा उचित हुन्छ।

     

    केपी वली नेतृत्वको नयाँ सरकारलाई बधाई एवं शुभ कामना छ।

     

    ⁷स्नेही –

    आर के त्रिपाठी

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij