श्याम खड्का नेपाली कांग्रेस क्षेत्र नं. ५ का सभापति कांग्रेसका एक उर्जाशिल नेता हुन । पार्टी संगठन बिस्तार र परिचालनमा निरन्तर सक्रिय खड्का संग गरिएको चुनावी संवाद ।
स्थानिय तहको निर्वाचन सम्पन्न भएको छ । क्षेत्रको परिणामलाई कसरी हेर्नु भएको छ ?
स्थानिय तहको निर्वाचन परिणाम कांग्रेसका लागि धेरै उत्साहजनक पनि रहेन, निरासाजनक पनि होइन । हामीले अपेच्क्षा गरेको केहि वडाहरुमा सफलता हासिल गर्न सकेनौं । टोखा नगरमा उपमेयर जित्न सफल भयौं । मत संख्या हेर्दा पहिला भन्दा सुधार भएको छ ।
उत्साह जनक परिणाम नआउनुमा के कारण होला ?
क्षेत्र नं. ५ मा समग्र रुपमा कांग्रेसको संगठन कमजोर छैन् । पार्टी भित्र केहि समस्या महशुस भयो । सिङ्गो कांग्रेस एक ढिक्का भएर चुनावमा जान नसक्दा सोचे अनुरुपको परिणाम आएन । हामी चुनावी परिणामको अम्भिर समिक्षमामा छौं ।
संघ र प्रदेशको निर्वाचन पनि आउँदै छ । तयारी कस्तो गरिरहनु भएको छ ?
संघ र प्रदेशको आगामी निर्वाचनको लागि क्षेत्र नं. ५ को पार्टी संगठन तयारी अवस्थामा छ । नियमित बैठकहरु बसेर रणनीति बनाउने काम भइरहेको छ । हाम्रो सम्पूर्ण ध्यान आगामी निर्वाचनमा केन्द्रित छ । क्षेत्र नं. ५ मा कांग्रेस विजयी हासिल गर्छ ।
क्षेत्र नं. ५ मा कांग्रेसबाट उम्मेदवारी घोषणा गर्ने लहर नै चलेको छ । तपाईहरुको उम्मेदवार को हो ?
पार्टीका केहि साथीहरुले उम्मेदवारी घोषणा गरेको मैले पनि सुनेको छु । क्षेत्र भन्दा बाहिरका नेताहरुको नाम पनि चर्चामा छ । क्षेत्र भित्रकै कनिष्ठ नेताहरुको नाम पनि चर्चामा आएको छ । निर्वाचनको समयमा उम्मेदवारको चर्चा हुनु स्वभाविक हो । पार्टीले गर्ने निर्णय नै अन्तिम हुन्छ ।
तपाईहरुको उम्मेदवार चाहि को हो त ?
स्वभाविक रुपमा काठमाडौं क्षेत्र नंं. ५ पार्टी प्रवक्ता डा.प्रकाशशरण महतको क्षेत्र हो । यस क्षेत्रबाट उहाँ नै उम्मेदवार बन्नु हुन्छ । क्षेत्र नं. ५ उहाँलाई यस क्षेत्रबाट निर्वाचित गराउने गरी तयारीमा जुटेका छौं ।
उहाँ त यस क्षेत्रबाट नउठने चर्चा पनि चलेको छ त ?
यो गलत हल्ला फैलाइएको छ । उहाँ यस क्षेत्रको नेता हुनुहुन्छ । स्थायी बसोबास यहि क्षेत्रमा छ । यहि क्षेत्रको पार्टीसंग जोडिएर राजनीति गरिहनु भएको छ । त्यसैले हाम्रो उम्मेदवार प्रवक्ता डा. महत नै हो । उहाँ यहि क्षेत्रबाट प्रत्यक्ष निर्वाचन लड्नु हुन्छ । चुनाव जित्नका लागि पनि उहाँ नै उपयुक्त उम्मेदवार हो । उहाँ बाहेक अरु उम्मेदवार पार्टीले कल्पना समेत गरेको छैन् ।
क्षेत्र नं. ५ मा कांग्रेसले निर्वाचन जित्ने आधार के के छन् ?
निर्वाचन जित्ने प्रशस्त आधारहरु हामीसंग छन् । अघिल्लो निर्वाचनमा बाम शक्ति एउटै भएर लडेका थिए । अहिले विभाजित बनेका ठुलो बाम शक्तिसंग हाम्रो चुनावी गठबन्धन छ । यस क्षेत्रबाट चुनाव जितेका एमालेका इश्वर पोखरेलसंग यहाँका जनता निराश छन् । सत्तामा रहँदा उहाँ अनेकौ विवाद र काण्डहरुमा फस्नु भयो । क्षेत्रको विकास, जनताको संरक्षण र अभिवाकत्वमा उहाँ विमुख हुनु भयो ।
राष्ट्रिय राजनीतिको परिदृश्यले पनि क्षेत्र नं. ५ कांग्रेसका लागि अनुकुल छ । हामी चुनाव जित्छौं ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
