Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

‘दरबार सिनेम्याक्स’ मा दर्शकलाई उच्च सुबिधा


  • शुक्रबार, बैशाख २ २०७९

  • ‘दरबार सिनेम्याक्स’ मा दर्शकलाई उच्च सुबिधा

     

    काठमाडौं– नयाँ बर्ष ०७९ को अबसर पारेर बिहीबारदेखि दरबार मार्गस्थित दरबार मलमा अत्याधुनीक सुबिधा सम्पन्न मल्टिप्लेक्स सिनेमा हल ‘दरबार सिनेम्याक्स’ संचालनमा आएको छ ।
    बिगत अढाइ दशकदेखि ग्वार्काेमा गुण सिनेमा हल संचालन गरिरहेको गुण ग्रुपकै स्वामित्वको ‘दरबार सिनेम्याक्स’ को ब्याबस्थापन भने क्युएफएक्सले गरेको छ ।
    ५० र ५३ सिट क्षमताका दुईटा हलमा अत्याधुनीक प्रबिधिका साउन्ड सिस्टम,फोल्डिङ सिट र स्क्रिन जडित छन् । ‘दरबार सिनेम्याक्स’ का प्रबन्ध निर्देशक दीप्रश शाक्यले दर्शकले हलमा आफ्नो इच्छा अनुसार सिट फोल्ड गरेर फिल्म हेर्न पाउनुका साथै अर्डरअनुसार सिटमै खाना तथा वार सेवा समेत उपलब्ध रहेको जानकारी दिएका छन् ।
    गुण ग्रुपका प्रमुख राजेन्द्र (दिजेन्द्र) शाक्य,प्रबन्ध निर्देशक दीप्रशलगायत शाक्य परिवारले पूजाआजा गरि हलको शुभारम्भ गरेका थिए । कार्यक्रममा फिल्म निर्माता छबिराज ओझा,पत्रकार प्रकाश सुवेदी,टीकाराम नेती,चलचित्र पत्रकार तथा निर्माता,निर्देशक लक्ष्मण सुवेदीलगायतका ब्यक्तित्वको उपस्थिति थियो ।
    प्रबन्ध निर्देशक शाक्यले दर्शकको रुचि,सुरक्षा,गुणस्तरिय प्रबिधि र सुबिधालाई ध्यानमा राख्दै लक्जरीयस् हल संचालनमा ल्याइएको बताए । ‘ए मेरो हजुर–४’ र ‘केजीएफ–२’ बाट औपचारिक प्रदर्शन थालीएको पहिलो दिन बिहानको शो देखिनै दुवै हल हाउसफूल भएको जानकारी उनले दिएका छन् ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij