Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

भूपेन्द्र थापा मगरले जिते नेपाल आइडल सिजन-४ को उपाधि


  • आइतबार, चैत्र ६ २०७८

  • भूपेन्द्र थापा मगरले जिते  नेपाल आइडल सिजन-४ को उपाधि

    काठमाडौं – गायन रियालिटी शो नेपाल आइडल सिजन –४ को उपाधि भूपेन्द्र थापा मगरले जितेका छन् ।
    शनिबार राति सम्पन्न ग्रान्ड फिनालेमा दर्शकको भोटको आधारमा अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि हात पारेका हुन् ।
    उपाधिसँगै भैरहवाका भूपेन्द्रले ट्रफी र ३० लाख रुपैयाँ नगद प्राप्त गरे । नेपाल आइडल सिजन– ४ मा झापाका नामगेल तामाङ फस्ट रनरअप र रामेछापका रञ्जित नेपाली सेकेन्ड रनरअप घोषित भए । उनीहरुले ट्रफीसँगै क्रमशः ५ लाख र ३ लाख रुपैयाँ प्राप्त गरेका छन् ।
    एपीवान टेलिभिजनमा नेपाल आइडलको श्रृंखला प्रसारण हुँदै आएको छ । यो सिजनमा संगीतकार शम्भुजीत बास्कोटा, गायक सुगम पोखरेल र गायिका सुबानी मोक्तान निर्णायकको रुपमा थिए ।
    झापाका विश्वास उप्रेती र मोरङकी लक्ष्मी पौडेल पनि फाइनलमा प्रवेश गरेका थिए । उनीहरुले गिटार र १० लाख बराबरको बीमा सुविधा प्राप्त गरे ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij